• इनरुवा ।सुनसरीको सिमावर्ती नाकाबाट प्रहरीकै संग्लनतामा अझै तस्करी भई रहेको स्थानीयबासीले बताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा सुरक्षा तथा सशस्त्र प्रहरी बल सुनसरीले सिमा क्षेत्रमा सुरक्षा व्यवस्था मजवुत बनाईएको दावी गर्दै आएपनि स्थानीयबासीहरुले भने अझै पनि प्रहरीकै मिलोमतोमा तस्करी हुनेगरेको आरोप लगाएका छन् ।
    भारतिय सिमा नजिक रहेको सिसुवा धर्मपुरका असई नरबहादुर खड्काको संलगनतामा नेपालबाट भारत तर्फ घर निर्माणका सामग्री भारत तर्फ तस्करी हुने गरेको स्थानीयबासीहरुले बताएका छन् ।  सिसुवा प्रहरी चौकी देखी लगभग १ सय मिटर पूर्व बाटो छेउ मै घर बनाउने बहानामा दैनिक ल्याएको बलुवागिटी प्रहरी चौकी इन्चार्ज खड्काको संलगनतामा  भारत तर्फ तस्करीहुने गरेको नाम उल्लेख नगर्ने सर्त एक स्थानीयले प्रतिक्षणलाई बताए ।


    सिमा क्षेत्रमा रहेका प्रहरी चौकीका जिम्मेवार व्यक्ति नै यसरी वलुवा तस्करलाई प्रसय दिन थालेपछी सुनसरीबाट तस्करी हुने क्रम बढ्दै गएको स्थानीयबासीहरुको भनाई छ ।
    सिमा क्षेत्रमा भइरहेको दैनिक नेपाल सरकारको भन्सार राजश्व चुहावटलाई नियन्त्रण गर्न गएका प्रहरी चौकी इन्चार्ज खड्का आफैँ केही तस्करहरु सँग अवैध रकम लिई तस्करी गराउँनु भनेको नेपालको कानुन  नियम विपरीत काम गरीरहेको सिसुवाका एक स्थानियले नाम प्रकाशित नगर्ने शर्त बताएका छन । त्यस्तै प्रहरी इन्चार्जले सिमाक्षेत्र बाट तस्करी गरी नेपाल भित्राइरहेका तस्करहरु सँग अबैध रकम असुली गर्न साविक नरसिंह हाल भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ मा रहेका श्री जनता अधारभुत विद्यालय देखी १ सय मिटर पूर्व रहेको नयाँ घर निर्माण भएका मुस्लिम बस्तीमा मोटरसाईकल राखी तस्कर र केही किसानहरु सँग अबैध रमक असुली गरिरहेको प्रत्यक्षदर्शी संतोष मेहताले बताए ।

    प्रत्यक्षदर्शी मेहताका अनुसार असई र प्रहरी जवान सहित दुई जना नेपाल प्रहरीका बर्दीधारी प्रहरीहरुले तस्करी न्यूनिकरण नगरी १ सय रुपैँया देखी ५ सय रुपैँया सम्म प्रति तस्कर बराबर रकम असुली गर्ने प्रहरीलाई कार्वाही गर्न नरसिंहका किसानहरुले माग गरेका छन । केही दिन अघि मात्र सिसुवा प्रहरी चौकीका असई खड्काले भारती बजार बसमतियाबाट एक जना किसान   घरायसी प्रयोजनका लागि  ल्याईरहेका ५ किलो युरिया मल, ५ लिटर खाने तेल र ३ किलो चिनी जफत गरी सिसुवा प्रहरी चौकी लगेको नरसिंहका पिडित  कृषक रामा मण्डलले जानकारी दिए ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …