• उर्लाबारीःमोरङको उर्लाबारी–७ स्थित चेरी टमेटो होटलमा चर्चित गायक रामकृष्ण ढकालको एकल सांगितिक साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

    नेपालीहरुको महान चाड विजयीदशमीको अवसरमा असोज ५ गते हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । संगीतप्रेमी दर्शकहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहने चेरी टमेटो होटलका सञ्चालक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रम प्रायोजन तथा टिकट बिक्रीबाटै हुने सञ्चालक श्रेष्ठको भनाई छ । सो कार्यक्रममा गायक ढकालले आधुनिक गीतसहितको आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन दिने छन् । गायक ढकालको प्रस्तुति साँझ ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । यसअघि सोही होटलमा गायक स्वप्न सुनमले आफ्नो प्रस्तुति दिई युवाहरुको मन जितेका थिए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…