• उर्लाबारी/छोरी मेलिशा चौहानको जन्मदिनको अबसरमा बुवा लोकबहादुर चौहान र आमा मीना राई चौहानले नमूना बाल गृहका बालबालिकाहरुलाई सहयोग गरेका छन् ।
    बुधबार छोरी मेलिशाको पाँचौ जन्मोत्सवको अवसरमा उनीहरुले उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई करिब १५ हजार रुपैयाँ बराबरको शैक्षिक साम्रगी तथा खाद्यान्य सहयोग गरेका हुन् । गृहकी अध्यक्ष मीनादेबी बराललाई मेलिशाका बुवा लोकबहादुर चौहानले कपी, कलम, चामललगायत साम्रगी हस्तान्तरण गरेका छन् । गृहमा आश्रित बालबालिकाहरुलाई छोरीको जन्म दिनको अवसरमा सहयोग गर्न पाउँदा धेरै खुशी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । गृहमा ४४ जना बालबालिकाहरु आश्रित रहेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व सदस्यसमेत रहेका चौहान पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका छन् । चौहानकी पत्नी मीना र छोरी मेलिशा हाल अमेरिकामा छन् ।
    तस्बिर -घनश्याम भण्डारी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…