• ४ असोज, झापा । झापामा बुधबारदेखि सुरु भएको सिजनको पहिलो दूधे गोल्ड कपमा जित निकाल्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पहिलो हाफको २४ औं मिनेटमा चर्च ब्वाइजका अरुण श्रेष्ठले दूधेका गोलरक्षक बिट भएको मौका पार्दै गोल गरेका थिए ।बुधबार भएको खेलमा घरेलु टोली दूधे युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनमा स्थान पक्का गरेको हो ।

    खेलको २८ औं मिनेटमा अनियन्त्रित जस्ता देखिएका दूधेका खेलाडीले आफ्नै पोलमा गोल गरेपछि चर्च ब्वाइजले उपहार स्वरुप अर्को गोल पायो । र, अग्रता दोब्बर बनायो ।

    दोस्रो हाफको २४ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी भुवन बस्नेतले आयोजक टोलीका रक्षापंक्तिलाई बिट गरी वान-टु-वानमा गोल गरे र ३-० को जित निश्चित गरे ।

    खेलको ३८ औं मिनेटमा दूधेका प्रकाश बुढाथोकीको शक्तिशाली फ्रि-किक प्रहार गरे पनि पोलमा लागेर गोल फर्किएको थियो ।






    चर्च ब्वाइजका पहिलो गोलकर्ता अरुण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए







    प्रतियोगिताको उपाधि विजताले नगद ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

    बिहीबार हुने खेलमा रमपम झापा-११ र हिमालयन शेर्पा क्बलबीच प्रतिष्पर्धा हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…