• देबु बानियाँ 
    दाङ । नेपाल जेसीजको एरिया ‘डि को सम्मेलन अन्तगत क्षेत्रीय साधारणसभा यहि बैशाख २८ र २९ गते दाङमा सम्पन्न हुँदैछ । 
    नेपाल जेसीजको आयोजना तथा त्रिभूवननगर जेसीजको आथित्यतामा हुने सम्मेलनको तिव्र तयारी भइरहेको छ । 
    सबैभन्दा धेरै शाखा रहेको यस एरियामा पश्चिम नेपालका ४४ वटा शाखा रहेका छन् । 
    सम्मेलनमा नेपाल जेसीजले वर्ष २०१८ का लागि ल्याएको "Yes! we shine; By Rising Responsibility" भन्ने नारालाई सार्थक बनाउन युवा जागरण अभियान नै मुख्य प्रकरण रहेनछ । अबको युवा उर्जावान र समृद्धिका लागि जागरण हुनु पर्ने कुरालाई यस सम्मेलनमा मुख्य विषय वस्तुका रुपमा राखिने । साथै नेपाल जेसीसका आगामी योजनाहरुलाई समेत सम्मेलनमा प्रस्तुत गरिनेछ । 
    प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने सम्मेलनमा देशभरका ८ सय जेसीजकर्मीहरुको सहभागिता रहने नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष तथा एरिया डि का निरुपित कार्यकारी उपाध्यक्ष अशोक शंकरले बताउनु भयो । साथै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, तथा सबै बोर्डका सदस्यहरुलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ । 
    सम्मेलन सम्पन्न गर्नका लागि एक साता अघि बसेको राष्ट्रिय कार्यकारी उपाध्यक्ष, राष्ट्रिय उपाध्यक्ष तथा यस क्षेत्रका शाखा अध्यक्षहरुको सयुक्त बैठक समेत सम्पन्न भएकाmे छ । साथै त्रिभूवननगर जेसीजको साधारणसभाबाट सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरेको छ । 
    बुधवारसम्ममा सबै तयारी सम्पन्न गरिने आतिथ्य शाखा त्रिभूवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीले बताउनु भयो । 
    सम्मेलनमा सहभागि हुने आउने जेसीजकर्मीहरुका लागि यस क्षेत्रमा रहेका सबै होटलहरु जेसीजका नाममा बुक गरिसकिएको र सहज रुपमा बस्ने वातावरण तयार गरिएको समेत अध्यक्ष भण्डारीले बताउनु भयो । 
    कन्फ्रेन्स डाइरेक्टरको रुपमा सुशिलप्रसाद आचार्य रहनु भएको छ ।
    निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष अशोक शंकरको नेतृत्वमा हुने यस सम्मेलनमा निरुपित उपाध्यक्षहरु रञ्जना चापागाई खर्वुजा, विजय घिमिरे र जेसीआइ सिनेटर विजय गुरुङ रहनु हुनेछ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…