• पथरी/मोरङको कानेपोखरी–३,हरकपुर स्थीत एक घरमा आगालागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु भएको छ ।बिहिबार बिहान २ बजे लागेको आगोले ५६ बर्षिय चन्द्र कुमार राई, ५० बर्षिय पार्वता राई, ४५ बर्षिय बिष्णुकुमारी राई तामाङ र ८५ बर्षिय गंगामाया राईको आगोले जलेर मृत्यु भएको हो ।

    घरमा कुमार राई घरमुली हो । चन्द्रकुमारको आमा गंगामाया, श्रीमती पार्वता र बैनी बिष्णुकुमारी हो । उनिहरुको शव चिन्ने अबस्थामा छैन् । प्रहरी र स्थानीयको सहयोगमा सवै शब खोजेर निकालेका थिए ।

    बिद्युत सट भएर घरमा आगालागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीका सई राजकुमार बस्नेतले बताए ।छिमेकीहरुको अनुसार २ः३० बजे आगो लागेको थाहा पाउँदा घरमा आगोको रापले जलिसकेको थियो ।

     जलेको घर त्यस स्थानको सवै भन्दा ठुलो होलसेल किराना पसल पनि हो । आगो नियन्त्रणका लागी इटहरी,बिराटनगर र दमकबाट बारुण यन्त्र आएर आगो नियन्त्रमा लिएको थियो ।

    चन्द्रकुमारको घर छेउछाउ अरु घर नभएकोले अन्य क्षति हुन पाएन । बिहिबार बिहान २ बजे देखिलागेको आगो बिहान ६ बजे नियन्त्रणमा आएको थियो ।

    आगोले खाद्यान्न,लताकपडा,जिन्सी,रकम,भाडाकुडा गरेर लगभग १ करोड बराबरको जलेर क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमा पतीपत्नी र चन्द्रकुमारको आमा बस्दै आएका थिए।

    बैनी बिष्णुकुमारी बेलुका माइत दाजुकोमा पाहुना खानु आएका थिए । चन्द्रकुमारको एक छोरा र एक छोरी छन् । छोरा र छोरी काठ्माडौंमा बसेर पढ्दै आएका छन् । शवलाई पोष्टमार्टमको लागी मंगलबारे हस्पिटल लाने तयारी रहेको प्रहरीले बताए ।



     



    तस्बिर सामाजिक सन्जाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…