अछाम । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा अभिकर्ता अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।
अभिकर्तालाई बिमा वारे जानकारी गराई उनीहरुले बढी भन्दा बढी बिमा गराउन सकुन् भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बिमा कम्पनीमा कार्यरत २० जना भन्दा बढी अभिकर्ता सहभागि थिए । उनिहरुलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अछामका प्रमुख बिष्णुप्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियोे । त्यसक्रमा बरिष्ठ अभिकर्ता खेमराज ढुंगाना र यो महिनाको उत्कृष्ट अभिकर्ताका रुपमा केशर रवाललाई सम्मान गरिएको थियोे ।