• इलाम/ २०७५ सालको सिजनको पहिलो प्रतियोगिता चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि सोमबार रुस्लान थ्रीस्टार र मनाङ मस्याङदी बीच प्रतिस्पर्धा हुँदैछ ।

     

    दुवै टिम सिजनको सुरुवातमा माइभ्याली जितेर ट्रफी क्वाविनेट सुरु गर्ने दाउमा छन । आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधीका सक्षम रहेको दाबी गरे । मनाङका प्रशिक्षक फुजा टोपेले मनाङका खेलाडीहरु सवै रुपमा उपाधी जित्नको लागी सक्षम भएको बताए ।

    उनले भने ‘मैले भारतको मोहम्मदिन क्लबमा हुँदा देखी नै नेपालको खेल हेरेको थिए । मनाङ युवा खेलाडीले भरिएको अव्व्ल टिम हो । ’ मनाङका कप्तान विराज मर्हजनले थ्रीस्टारको बारेमा केही हदसम्म जानकारी भएकाले खेल्नलाई सहज हुने बताए । उनले भने ‘ थ्रीस्टारसंग धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरेको कारण खेल कौशल थाहा छ ।

    १ महिना अघि प्रशिक्षक आएपछि खेलाडीहरु उत्साहित छन । सवै खेलाडी फर्ममा छन ’ बिराजले फाइनल खेल्नका लागी आफनो प्रमुख खेलाडी अन्जन बिष्ट फिट रहेकाले शंका नगर्न आग्रह गरे । अन्जान त्रिभुवन आर्मी विरुद्धको सेमीफाइनल खेलमा इन्जुर्ड भएका थिए ।

    थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले इतिहासले खेलको आधार तय नगर्ने भएको बताए । उनले भने ‘फुटबल खेलमा इतिहासले हुन्न एउटा गल्तीले पनि खेलको नतिजामा प्रभाव पर्न सक्छ । त्यसैले शतप्रतिशत हामी जित्छौ भन्दिन । मनाङ युवा खेलाडीले भरिएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’ उनले माइभ्याली गोल्डकपमा समेत रेफ्रीहरुमा परिपक्वता नदेखिएको टिप्पणी गरे । उनले भने ‘माइभ्याली गोल्डकपमा मात्र होइन पछिल्लो चरणमा नेपालमा आयोजना हुने खेलहरुमा रेफ्रीहरुमा परिपक्वता नदेखिदाँ खेलहरुमा विवाद निम्तियो ।’ थ्रीस्टारका कप्तान निराजन खडकाले शारिरिक र मानसिक रुपमा आफनो टिम तयार भएको बताए ।

    फाइनलसम्म पुग्नका लागी मनाङले विभागीय टिम त्रिभुवन आर्मी र आयोजकलाई समान १–० ले हराएको थियो भने थ्रीस्टारले एपिएफलाई २–० र नेपाल पुलिसलाई ट्राइबेकरमा ३–४ गोल अन्तरले हराएको थियो । माइभ्याली गोल्डकपमा दोश्रो पटक सहभागीता जनाएको थ्रीस्टार पहिलो संस्करणमा विभागीय टिम आर्मीसंग सडनडेथमा ६–७ गोल अन्तरले पराजित बन्दै उपविजेता बनेको थियो ।

    माइभ्याली गोल्डकपको विजेता टिमले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई २५ हजार, उदियमान खेलाडीलाई २० हजार र अन्य विधामा १५ हजारका दरले प्राप्त गर्ने छन ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…