• १७ वैशाख २०७५, 
    भीमराज अधिकारी, पथरी

    मोरङको बेलबारीमा हिजो वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी २ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूहको हलमा औपचारिक कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएकी जिल्ला वन कार्यालय मोरङकी सहायक वन अधिकृत सरोजा कुमारी कोइरालाले वैज्ञानिक वन व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनमा ८० वर्षकोे बाली चक्रका रुपमा सखुवाको खेति गर्ने कार्यक्रम रहने हुदाँ अर्थिक लाभका लागि पनि यो कार्यक्रम लागू हुनु आवश्यक रहेको कोइरालाको भनाइ छ । 

    अन्तरक्रिया कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका बारेमा सहायक वन अधिकृत सलामुहुदिन अन्सारीले वृस्तृत रुपमा जानकारी दिनुभएको थियो । कार्यक्रममा मोरङका करिब डेड दर्जन पत्रकारहरु सहित वन कर्मचारी तथा सामुदायिक वनका उपभोक्ताहरुको उपस्थीति रहेको थियो । औपचारिक कार्यक्रम सम्पन्न गरेर वैज्ञानिक वन व्यवस्थापन भइरहेको क्षेत्रमा स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमनका क्रममा आर्थिक रुपमा सवल वनाउन र भावि पिडिका लागि वन जोगाउनका लागि पनि वैज्ञानिक वन व्यवस्थपन आवश्यक रहेको बुझिएको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…