• - लक्ष्मण चौलागाईं "विद्रोही"
    सर्वविदितै भएको कुरा हो ०७२ सालले हल्लाएको नेपाल र भत्काएको नेपाली सम्पदा र वस्तीहरु अझै उठ्न सकेका छैनन।ढलेको धरहरा झै नेपाली मन उठ्न सकेको छैन,घाइतेले घाउमा औषधि लगाउन पाइरहेका छैनन। अरबौं खरबौँ रकम लगानी गर्दै राजनितिक सम्पदा बनाउन सक्ने राज्यव्यवस्थाले नेपाली जनताको मर्मलाई शर्मनाक बेवास्ता गरेका कुराहरु जति नै लेखे पनि कम हुन्छ।हरेक शिर्षकमा कलम चलाउदा पक्तिकारको मुटुमा भक्कानो पर्छ भने पढ्ने र वास्तविक जीवन जिइरहेका पीडितहरुलाई कति सास्ती भएको होला??? मुख्य विषय तिर नै लागौं ।
    नेपाल यस्तो भुपेरिवेष्ठित राष्ट्र हो, जसको चारैतिर डांडाकांडा,हिमा

    ल,पहाड र तराइको समथर भुभाग देख्न सकिन्छ।समुन्द्रले नछोएको नेपाल जलसम्पदाले भने विश्व कै ब्राजिल पछिको दोश्रो धनी राष्ट्र हो ।हामी सम्पदाहरुको पहिचानले बाच्नुपर्ने मान्छे हाम्रै सम्पदाहरु काल बनेर हामिलाई मारिरहेको मात्रै छैन ,हाम्रै देशको सत्तामा डाडु पन्यौ चलाउने राज्यका ठेकेदारहरुले पनि नेपाली पेटमा लात्ती हानेका दर्दनाक समाचारहरु र हाम्रै राज्यका कथित नेताहरु भनौदाले आफ्नै देश विदेशी राष्ट्रलाई बुझाउदै अथाह ऋण लिइएर नेपाली जनताको नेपाली पन गायब बनाउन लागि परेका ५३ सालहरुले महाकाली सम्झाइदिन्छ ,अनि पक्तिकारको कलमले नक्कली राष्ट्रवादको पानी जहाज चलाउनेहरुलाई मुलुकको मुख्य दुश्मन पछिको सहायक दुश्मन भनेर तितो ओकल्ने गर्छ।

    यी त भए इतिहासमा नमरी बाचेका उडुसहरुको हर्कत ।
    हामी इतिहासमा धेरै पटक हेपिदै,पेलिदै ,थिचिदै,बगिदै,काटिदै र मारिदै आएका नेपालीहरु अब सबै कष्टहरुलाई आक्रोशमा बदल्दै दुश्मन विरुद्दको यात्रामा विभिन्न क्रान्तिको उध्घोस गर्दै अघि बढिरहेका छौं।पुराना घाउहरुलाई अनुभूति गर्दै रातो र तातो रगतलाई शक्तीमा रुपान्तरण गर्दै अतिवादी र नव अवसरवाद अनि देशको ढुकुटी रित्याउनेहरुको घाँटी काट्ने अभियानमा छौं।हाम्रो महा अभियानले अपराधी बचाउको कुनै पनि हरफमा हस्ताक्षर र सम्झौता गर्ने छैन।चाहे अतिवाद जति नै शक्तिशाली होस या जति नै साहु महाजन होस हामिलाई कुनै लेनदेन छैन।

    यी हरफहरुले ओकल्न खोजेको चुरो र मुख्य विषयवस्तु भनेको के हो भने भुकम्प पिडित माथी राजनिती गर्ने दरवारीयाको भुपु नोकरहरुको चलखेलको सन्दर्भको उजागर नै हो।

    झ्न्डै ३ वर्षहरु बित्न लागिसके हिजो घरले थिचिएर बित्नुभएकी ठाइली आमा,मृत्यु शैयामा छट्पटाउदै विस्तारामा लडिरहेकी ठुली आमा,घरले थिचिएर मर्नुपर्यो। कोक्
    रोमा सुतिरहेको वच्चा सहित ,भाउजू र बुहारीहरुले नसोचेको अकल्पनीय त्यो कालो दिनमा संसार छाड्नुपर्यो।देशैभर १० औं हजारको इहलिला एकै चोटि चुडियो तर राज्यको सत्तामा बसेर मस्त हास्नेहरुले भुकम्प पीडितको उद्दार भन्दा दलाल एनजिओ र आइएनजिओको ललिपप पो चुसायो। जनतालाई हेर्दै बालुवाटारको आसन ग्रहण गरिरहेको जोकरले सारा नेपालीलाई उखान र टुक्का भनेर मात्रै गिज्याएन उसले त चारकोसे झाडीको दाउरा पनि गरिब र असहाय जस्ता नेपाली जनतालाई २०० ग्राम दाउराको रु.५ लिएर लुट्यो,सोलार धन्दा चलाएर भुकम्पमा नै कयौं उसका भर्याङहरु जो गाउँ वस्तीमा हजारीया साहु थिए भुकम्प पछि करोडपती बनाइदियो ,नेपालको पानी चोरेर आफू राष्ट्रको मुख्य दलाल बन्दै राष्ट्रवादी घोषणा गर्यो।मुलुकको आर्थिक वृद्धि दर शून्य दशमलव सातमा पुर्याएर अहिले निर्वाचनमा उसको कमाइ लगानी गर्दै प्रतिगामी नक्कली राष्ट्रवाद पहिलो भयो र आम जनताको थोरै धुकधुकी रहेको आश पनि अबको केही वर्षहरुको लागि मरिसकेको आभाष मैले गरेको छु। त्यसपछी भर्खरै तराइमा भारतले थुनेको बाधले कयन तराइ वासी आदरणीय दाजुभाई,दिदिबहि

    निहरुको हाहाकार मच्चायो,कयनको जीवन चुडियो,बाढीपिडितको लागि संकलन गरिएको चन्दा रकम पनि उहीँ महाकालीका दलालका पूजारीहरुले दोहन गरेको कुरा मिडियाभरी छाउदा पनि अचेत जनताले सचेतता प्रकट गर्न नसक्नु नै विडम्बनाका जुरे पहिराहरु हुन।हाल पुन:निर्माणका लागि राज्यले प्राप्त गरेको अरु दुई वटा नया नेपाल बनाउने रकम किस्ताबन्दीमा भुकम्प पिडितले बल्ल ५०;००० पाए,तर उक्त रकम पनि घर नबनाउने पीडितलाई कानुनी धोती र लंगौटी कसेर फिर्ता माग्न लागेका कुरा दलालका चम्चाहरुका अपिल बाट पढ्न र देख्न पाइयो अनि पक्तिकारले प्रतिगमनका नोकरहरुलाई एउटा सन्देश सम्प्रेषण गर्ने जमर्को गरेको छु,मेरो कलमको माध्यमबाट । प्रिय प्रतिगमनका मतियारहरु,जति पनि भुकम्प पिडितहरु छन तिनिहरुले घर बनाएनन र त्यो पहिलो किस्ता रकम फिर्ता लिइन्छ भने त्यो विदेशबाट आएको अनुदान सहयोग रकम बिदेश फिर्ता पठाउछस कि नाइ?? दाताले दिएको रकम माथी दादागिरी किन ?हाम्रो माग जनपक्षीय हुन्छ,दलगत हुदैन भन्ने कुरा उक्त झुन्डलाई जगजाहेर गराउन चाहन्छु।नेपाल सरकार भुकम्प पिडितले पाउने सम्पूर्ण रकम भुकम्प पिडितको हातमा सबै देउ,अनि त्यो पिडित चाहे गाउँ बसेर घर बनाओस या राजधानी बसेर सब्जी व्यापार गरेर जीवन धानोस या ऋणको भारले थिचिएको उसको जीवनले मुक्तिको बिकल्प बनाओस।महान बलिदानीले प्राप्त लोकतन्त्रमा हामी कुनै अतिवाद र दलालका भतुवाहरु देखि तर्सिने छैनौं ,हामी जनताको मुक्तिको खातिर कलम र बन्दुक बोक्ने क्रान्तिका हिमायती हौं।यदि भुकम्प पिडित माथी बुर्जुवा बुरुणडीहरुले राजनिती गर्दछन भने पानी चोरलाई हदैसम्मको कारबाही गरियोस,देशको नदिनाला बेचेर ,देशको उज्यालो लुटेर ब्रम्हलुट मच्चाउने राष्ट्रका रोगहरुको कालकोठरीमा स्वागत गरियोस।सामन्ती,

    अतिवादी दलालका भरियाहरुको ढाड नभाची न त सम्पदाहरु उठ्न पाउँछन् न त पिडितले नै राहतको महसुस गर्न पाउँछन्।यहाँ त हरेक बिपत्तिको नाइके बनेर आफ्नो दुनो सोझ्याउने राष्ट्रघाती दलालका भतुवाहरु नया नेपालका राजा बन्नेका विरुद्द हाम्रो बन्दुक फेरि पनि उठ्नेछ। बुझाइएका बन्दुकहरु फेरि खोसिने छन। अन्यथा ,भुकम्प,बाढी र पहिराहरुले पिडाको आसुमा डुबाइरहेका जनताको उचित सम्मान र सम्पूर्ण राहत पिडितले आफुखुसी उपयोग गर्ने माध्यम नबनाइए विदेशी सहयोग गाउँ नगरको सिंहदरबारमा आसिन उडुसहरुलाई बुझाउने होइन दाताहरुलाई फिर्ता गराइयोस। धन्यवाद।
    ४ असोज,२०७४
    हाल:काठमाडौं

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …