• काठमाडौँ ,१६ बैशाख। सिनामंगलबाट सामान्य सेकुवा पसल सुरु गरी चर्चित बनेका बाजेको सेकुवा सञ्चालक चेतन भण्डारीसमेत ३३ किलो सुन तस्करीको छानबिनमा परे ।

    सुन तस्करीमा उनको नाम समेत परे पछि पैसाको लोभले उनीपनि फसेको चर्चा चुलिएको छ । काठमाडौँका विभिन्न ठाउँलगायत पोखरामा बाजेको सेकुवा प्रख्यात छ ।

    सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले सेकुवाका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको समाचार स्रोतले जानकारी दिएको छ । यताको कमाईले नपुगेपछि बाजेको सेकुवाधनी पनि सुन तस्करीमा सामेल भएछन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत पु्स २१ र माघ ९ गते दुई पटक साँढे ३३ किलो सुन भित्रिएको थियो । सुन तस्करीका नाइके चूडामणि उप्रेती सेकुवा सञ्चालक भण्डारीको नातेदार भएको समाचार स्रोतले जनाएको छ । एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर भित्र्याइएको उक्त सुन विराटनगर लैजाने क्रममा गत माघमा हराएपछि सनम शाक्यको हत्या गरिएको थियो ।

    ३३ किलो सुन तस्करीकाण्डमा नेपाल प्रहरीका अवकाश प्राप्त डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत अनुसन्धानको दायरामा तानिएको बताइएको छ भने एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल अभियुक्तलाई जोगाएको आरोपमा गृहमन्त्रालयको छानबिनमा परेको समाचार स्रोतले जानकारी दिएको छ ।

    ३३ किलो सुन तस्करीकाण्डमा ‘लहरो तान्दा पहरो गर्जने’ अवस्था आएको छ । सुनकाण्डमा राप्रपाका नेता भुजुङ गुरुङ, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन् भने पूर्वआइजिपी प्रकाश अर्याल पनि छानबिनमा पर्ने बताइएको छ । 

    यो सुन काण्डमा को को मात्रै पर्ने हुन् । आम नागरिकले समेत निकै चासो बढाएकाछन् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…