• विराटनगर,  वैशाख १७। मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा दुई जनाको मुत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१६ नम्बरको माइक्रोबस बिहान दुर्घटना हुँदा झापा भद्रपुर–१५ कि ५१ वर्षीया उमा निरौला र सोही स्थानकी ५२ वर्षीया श्यामा कार्कीको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय बेलवारीले दिएको जानकारी अनुसार, विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा उनीहरुको मुत्यु भएको हो ।

    घाइते १० मध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान, ३ जनाको गोल्डने अस्पताल र इटहरीमा २ जनाको उपचार भइरहेको छ ।

    माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…