• उर्लाबारी वैशाख १६ गते । उर्लाबारी नगरपालिका—८ स्थित आम्बारीमा काली मन्दिर निर्माण गरिने भएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मन्दिरको शिल्यान्यास गरेपछि निर्माणको काम तिब्र रुपमा भईरहेको छ । मन्दिर निर्माणको लागि आम्बारीमा आयोजित पुराणमा स्थानीय समाजसेवी चौकीलाल धिमालले २ लाख २१ हजार, जगन्नाथ गुरागाई ७५ हजार सहयोग गरेका थिए । सहयोगीदाता धिमाललाई मन्दिर शिल्यान्यासका दिन सम्मान गरिएको थियो ।

    धिमालहरु जस्तै मनका धनीहरुबाट पुराणमा ५ लाख १६ हजार सहयोग जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली नेपालले जानकारी दिएका छन् । मन्दिरका लागि उर्लाबारी वडा नम्बर ८ बाट ३ लाख रुपैंया विनियोजन भईसकेको छ  भने निर्माणमा १२ लाख खर्च लाग्ने भएको छ । रकम अभावका विच पनि काम भईरहेको र सहयोगी हात खोजिरहेको मन्दिरका सल्लाहाकार कुरुराज आङबुहाङले बताए । उनका अनुसार आम्बारीमा बर्षेनी दशैंमा भब्य सन्थाल मेला आयोजना हुने गर्छ । जसमा अझ रौनकता र पहिचान झल्काउन काली मन्दिर निर्माणको काम भईरहेको हो । उनले उक्त कार्यमा सबैमा सहयोग पुर्याउन अनुरोध गरेका छन् । मन्दिर व्यवस्थापन समितिका सचिव विजय आङबुहाङले असार मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य राखिएको बताएका छन् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…