• ईलाम बैशाक १७ । चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिकारुस्लान थ्रीस्टार क्लवले जितेको छ ।  मनाङ मस्याङदी क्लवलाई १—० गोल अन्तरले पछि पार्दै थ्रिस्टारले उपाधि उचालेको हो । 
    थ्रि स्टारको जितको लागि थपिएको १५ मिनेट अतिरिक्त समयको २ मिनेट ३० सेकेण्डमा  सुनिल बलले गरेको १ गोल नै उपाधिका लागि प्रर्याप्त बन्यो ।
     उपाधिसँगै थ्रिस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैया नगद सहित ट्रफि प्राप्त गरेको छ ।  उपविजेता मनाङले नगद ४ लाख र ट्रफिमा चित्त बुझाएको छ  । खेलको म्यान अफ दि म्याच मनाङका हेमन गुरुङले १० हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मनाङ मस्र्याङदी क्लबका कप्तान विराज महर्जनले स्कुटर प्राप्त गरे । प्रतियोगिताको राईजिङ प्लेयर माईभ्याली फुटबल क्लबका दर्शन गुरुङ घोषित भए ।  उनले ३५ हजार रुपैयाँ हात पारे । विधागत तर्फ थ्री स्टारका खेलाडीको वर्चश्व रह्यो । एलेन न्यौपाने उत्कृष्ट गोलरक्षक, पिटर सेगुन उत्कृष्ट डिफेन्डर, मार्टिन उत्कृष्ट स्ट्राईकर, सुनिल बल उत्कृष्ट मिडफिल्डर र मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…