• सरकार दलित भन्ने शब्द ,शब्दकोष बाटै हताइदेउ होइन भने यो ट्याग लाइ आत्मा सम्मान को ब्यस्था गरिदेउ !
    मलाई अछुत भन्छौ ,यदि मैले छोएको पानी तिमि लाई विष हुन्छ भने मैले पानी पिउने हरेक पानी पधेरा हरु त्यहाँका उपल्लो जात भनौदाहरुले पनि पिउछन् !

    यदि मैले पानीको धारा छोएकै आधारमा कार्वाही गर्छौ भने म सहन सक्दिन , मान्छे ठूलो उसको सिद्धान्त आचार र उसको भावना ले हुन्छ !
    मान्छे एउटै हो,हामिमा त्यस्तो के देख्यो र?तिमिहरुले हामिलाइ भेदभाव गर्यौ ? हामि कामी दमाई सार्की हुनु के अभिशाप हो ? मैले बुझेअनुसार यो संसारमा मान्छेको मात्र दुइवटा जात छुट्टाइएको छ, त्यो हो पहिलो महिला र दोस्रो पुरुष हो!

    हो यो धर्तिमा कोहि काला छन् कोहि गोरा छन् कालो गोरो कै आधारमा यहाँ भेदभाव गर्ने हो भने नेपाल का अधिकांश भुभाग मा काला मान्छेहरु छ्न् के तिनिहरु सबैलाई घृणा र अपहेलना गर्ने ?
    मैले बनाएको मूर्तिलाई तिमिहरु पुज्ने त्यो अछुत न हुने, अनि मैले बनाएका डाडु पन्यु चुलेसी तिमिलाइ अछुत न हुने मैले बनाएको धारामा पानी भर्दा तिमिहरुलाइ अछुत नहुने ? आखिर किन गर्छौ कुतर्क ?गल्ती सबै जात सबै धर्मको हुन्छ, तर यहाँ हेपाइ मात्र दलित को हुन्छ! आखिर किन? बस्छौ दलित को मात्र गल्ती कुरेर? नानाथरी गाली दिन्छौ यहाँ सम्मकि आत्महत्या गर्न बाध्य पार्छौ !

    ए मेरो देश का अग्रपंक्तिमा बसेका अग्रजहरु हामिले हाम्रो खोसिएको अधिकार कहिले पाउने?
    अझै कति हेपिनु पर्ने हो , मुटु फुट्छ यी हेपाइ यातना हरुलाइ सम्झिदा के हामी दलितहरु लाई।स्वतन्त्र भएर बाच्न न पाउने अधिकार छैन? अझै पनि यो उ पल्लो जात द्वारा निर्मित उच्च समाजमा खुल्ला हिंड्न् त्यति सहज छैन , आफ्नो थर देखाइ हाम्रा जिजु,बाजे ,बा बा ,आमाले यस्तै हेपाई कति सहेर बसेका छन् , थाहा छैन !

    हाम्रो चेलीबेटी जात कै कारण ले कति यातना भोगेका छन् कलेज हरुमा एड्मिशन पाएका छैनन्! विभिन्न गालि गलौज गर्दा पनि अन्जान , सङ्यम भएर बस्नु परेको छ!यो आवाज मेरो मात्र होइन म जस्ता हजारौं दलित हरुको हो, अब हामी अशिक्षित छैनौ आफ्नो मुक्तिको लागी मर्न परेपनी पछाडी पर्ने वाला छैनौ।

    अब बन्द गर ती तिम्रा नमिठा बोली वचन,अपशब्द हेपाईहरु , हामिलाइ पनि स्वतन्त्र नागरिक भएर बाच्न देउ , हामिलाइ पनि आम नागरिक सह्र अधिकार सुनिस्चित गर अलिकति मानवता बचेको छ भने बुझिदेउ यो मेरो लेखाई, अब त अतिनै भयो कि, छुट्टै संसार देखाई देउ होइन भने मेरो एउटै आग्रह छ दलित भने शब्द (शब्दकोष) बाटै हटाइ देउ।

    लेखक :गणेश बिश्वकर्मा
    ( हाल मलेसिया,क्वालालम्पुर )

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…