• पथरी,वैशाख १७ । वीरेन्द्रनगर क्रिकेट क्लबपथरीशनिश्चरे ३ को आयोजनामा संचालित मातामहालक्ष्मी विरेन्द्रनगर कप अण्डर १९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि संघिय क्रिकेट क्लब र आईतबारे क्रिकेट क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अन्तर्गत भएका लिग चरणको खेलको समाप्ति सँगै २ खेलमा ४ अंक जोड्दै शिर्ष स्थानमा रहेको आईतबारे क्रिकेट क्लब र २ खेलमा १ जित र १ हारका साथ २ अंक जोडेको संघिय क्रिकेट क्लबले फाईनलमा स्थान सुरक्षित गरेका हुन् । 
    प्रतियोगिता अन्तर्गत सोमबार भएको लिग चरणको पहिलो खेलमा आईतबारेले संघियलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । अभिषेक नेपालीले ५ विकेट लिएपछिसातौ ओभरमा संघिय मात्र १९ रनमा समेटिएको थियो । जवाफमा आईतबारेले पहिलो ओभरमानै विना क्षति जित हात पार्यो ।
    यस्तै सोमबारनै भएको लिग चरणको दोश्रो खेलमा पिपलचौक क्रिकेट क्लबलाई ३९ रनले पराजित गर्यो । संघियले दिएको ९६ रनको लक्ष्य पछ्याएको पिपलचौक मात्र ५६ रनमाअल आउट भयो । संघियका नेल्सन दंगालले ३ ओभरमा १४ रन दिँदै ४ विकेट लिएपछि पिपलचौक सस्तैमा समेटिएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको संघियले निर्धारीत १२ ओभरमा ७ विकेट गुमाउदै ९५ रन बनाएको थियो । संघियका लागि दिपेस भण्डारीले नट आउट १८ र राज राईले ११ रन बनाए ।
    यस्तै महत्वपूर्ण मानिएको तेश्रो खेलमा ३ रनको झिनो अन्तरले पराजित भएपछि पिपलचौक लिग चरणबाटै बाहिरियो । आईतबारेले दिएको ९२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पिपलचौकले निर्धारीत १२ ओभरमा मात्र ८८ रन बनाउन सक्यो । पिपलचौककालागिशिशिर सुन्दासले २७ रन बनाएपनिजितदिलाउन सकेनन् । 
    फाईनल खेल मंगलबार हुनेछ । विरेन्द्रनगर क्रिकेट क्लबले हरेक वर्ष गराउँदै आएको प्रतियोगिताको विजेता टोलीले नगद ६ हजार सँगै ट्रफी र प्रमाण पत्रतथाउपविजेता टोलीले नगद ४ हजार सँगै ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष राजेश कुईकेलले जानकारी दिए । खेलमा म्यान अफ द म्याचहुने आईतबारे क्रिकेट क्लबका अभिषेक नेपाली र कमलथापातथा संघिय क्रिकेट क्लबका नेल्सन दंगाललाई पथरीशनिश्चरे नगरपालिका वार्ड नम्बर २ का सदस्यपर्शु न्यौपानेले पुरस्कार वितरण गरे ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…