धनकुटा । धनकुटाको चौविसे गाउँपालिका राजारानीमा सोमबार देखी सुरु भएको आठौं अग्नि बसुन्धरा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा युथ क्लव बिराट चोक बिजयी भएको छ । देउराली फुटबल क्लब धनकुटालाई १—० गोल अन्तरले पछि पार्दै सगरमाथा युथ क्लव बिजयी भएको हो । जितसँगै सगरमाथा सेमिफाईनल खेलमा प्रवेश गरेको छ । खेलको उद्घाटन चौबिसे गाउँपालिका प्रमुख खजिन्द्र राइले रिवन काटेर गरेका थिए । मंगलवारको खेल इन्द्रबराह क्लब धरान र आयोजक रारा फुटबल क्लब बिच हुने छ ।