ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए । उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो ।
उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् । भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ । प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।