• उर्लाबारी, ५ असोज ।  करेन्ट लागेर शक्त घाइते बन्न पुगेका १२ वर्षीय अविनाश चाम्लिङ्ग राईको उपचारमा आर्थिक सहयोग जुटेको छ । ईलाम घर भएका उनको उपचारमा हाल रोजगारको शिलशिलामा कुवेतमा रहेकी संगिता गोले तामाङ्गले ७ हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन् । आर्थिक अवस्था एकदमै दयनीय भएका उनलाई यस अघि नेपाली समाज ओमानले पनि राईको उपचारमा सहयोग गरेको थियो । समाजले गरेको सहयोगबाट आविनाशका बारेका जानकारी पाएर आफूले सहयोग गरेको संगिताले बताएकी छन् । इलामको बसेनी गाउँ घर भएकी उनले आफूले सकेको सहयोग गर्न पाएकोमा खुःसी व्यक्त गरिन् । सहयोग रकम संगीतकर्मी विशाल राई र संचारकर्मी भूपेन्द्र तुम्हाम्फेले विरामीका बुबालाई हस्तारन्तरण गरेका थिए । आफ्नो दुःखको क्षणमा सहयोग गरेको भन्दै अविनाशका बुबाले सहयोगी सबैलाई धन्यवाद दिएका थिए । आगामी दिनमा पनि यसैगरी सामाजिक कार्यमा लाग्न प्रेरणा मिलोस् भन्दै उनले कामना गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…