• उर्लाबारी, बैशाख १९ । पछिल्लो समय युटुबमा भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि आर्थिक सहयोग जुटाउने उदेश्ले समिति निर्माण गरिएको छ । मंगलबार दमकमा उर्लाबारीका समाजसेवी पुर्ण वाईबाको अध्यक्षतामा सम्पन्न भेलाले उनकै संयोजकत्वमा ९ सदस्यिय समिति चयन गरेको हो । समितिको सचिवमा संचारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरुमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल , बिबेक हिङमाङ , केदार बुढाथोकी , ममता राना लगायत रहेका छन् । समितिले अशोकको परिवारका लागी उचित ब्यवस्थापन गर्ने उदेश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजक वाइबाले बताएका छन् ।

    यसका लागी देशबिदेशमा रहेका नेपालीहरुसग सहयोगको अपिल गरिने पनि वाइबाले जानकारी दिए । मिठो गित गाएर युटुबमा भाईरल बनेका अशोकको परिवारका लागि आर्थिक सहयोग जुट्ने आश्वासन आउन थाले पछि समिति निर्माण गरिएको हो । अशोकको परिवारको अवस्था अत्यन्तै नाजुक रहेकोले घर जग्गा खरिद तथा निर्माणका लागि बेग्लै समिति समेत निर्माण गरेको छ । अशोकको परिवार लाई सहयोग गर्नकै लागि अहिलेका चलेका संगितकार टंक बुढाथोकी दमक आएका थिए । बुढाथोकीको संयोजनमा ३ सदस्यिय अर्काे आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । जसमा अशोकको अध्ययन अध्यापनको जिम्मा लिएका दिपक न्यौपाने र रोमन श्रेष्ठ रहेका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…