भनिन्छ उद्देश्य लिनु उडि छुनु चन्द्र एक।हामीले समृद्द नेपालको लक्ष्यको कुरा सुनेको थियौं।सहिद हुनेहरुले बलिदानीमा त्यही नै विश्वासको आत्मसात गरेर आफू मरेर पनि बाचि रहिन्छ भन्ने विश्वास पालेका थिए र सहजै अमुल्य जीवनको मृत्यु पिइदिए।अनि आज तिनै मृत्यु पिउने जिउदा र अमर पात्रहरुको देशप्रेमले नै नेपालले आफ्नो देशको नामको अगाडी लोकतान्त्रिक गणतन्त्र लेख्न पाएको छ।यो कुनै कोठे बैठकबाट माइन्डेटिङ गरेर राखिएको नाम होइन ,लोकतान्त्रिक गणतन्त्र नेपाल ।
जहाँ हजारौं योद्धाहरुको रगत छ,हजारौं हजार घाइते योद्दाहरुको कष्ट मिसिएको छ।हजारौं चेलीहरुको सिउदो पुछिएको प्रमाण छ भने लाखौं टुहुरा सन्तानहरुको अभिभावकको शोक जोडिएर यो देशले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छ। हिजो महान महान सपनाहरु सजाइएका योजनाहरु थिए र त आज हामीले स्वतन्त्र राष्ट्र नेपालको गरिमा हाम्रो संविधानमा धस्कौन पायौं। भुतले वर्तमान र भविष्यलाई जोडेको महान सपनाहरुको सार्थक सपना नै दस वर्षे जनयुद्ध थियो।जहाँ असन्तुष्टि र फरक मत हुँदा जनयुद्ध भित्रै असन्तुष्टिहरुको समाधान थियो र जनयुद्द नचुक्किइकन टुङ्गियो,जुन दीर्घकालीन भनिएको थियो।दीर्घकालीन जनयुद्धको हलो संसदीय भासको दलदलमा अड्किनु आम नेपालीले नसोचेको सम्भावनाको खेल नभएर चुनौती थियो,यस्तै शिलशिलाहरुले संसदीय व्यवस्थाको लोकतान्त्रिक शासन व्यवस्था मुलुकी ऐनमा दर्ज गरिसकेको छ। लोकतन्त्रलाई मेट्न र मेटाउन कसैले प्रयास गर्छ भने नाङ्गो हातले रातो भएको तातो फलाम मर्काउने अभिष्ट सिद्द हुने ढुक्कबोध हामीले गरेका छौं।
लागौं चुरो कुरो तिर,आज हामी एकै घरका सन्तान फुटेर चार दिशा फर्किनुको कारण बाम गठबन्धन हुँदै बाम एकताको उध्घोष भएको छ तर बाम एकता भैसकेको छैन।र यो एकता दुई पार्टी बिच हुनेमा कोहि कसैले पनि शंका गर्नुपर्दैन।तर यो एकताले सम्पूर्ण र सच्चा बामपंथीहरुलाई मन कुंडाउने पो हो कि भन्ने भय र अन्तरविरोधहरु सामाजिक संजालमा बहसको रुपमा हाजिर भएका छन।सहयोद्दाहरु बाइपास भएको जस्तो ,विपक्षी र प्रतिगामी शक्ति सहयोद्दा भए जस्तो बाहिय तस्वीर देख्दा करोडौं नेपालीहरु अरबौं सशंकित तर्क बितर्क गर्न थालेका छन चौतारी,चियापसल, मेलापात,झुपडी र सार्वजनिक स्थलमा बसेर। अनि भनिरहेका छन बाम गठबन्धनले धोका दियो भने के होला? पुरानो मोजा च्यात्तियो भने नया त पक्कै लगाइन्छ भने जस्तै हो जस्तो लाग्छ।सम्भावनाको खेल बन्दै गएको नेपाली राजनितीको स्टेरिङ घुमाउने चालक उनै आदरणीय सिएम कमरेड प्रचण्ड नै हुनुहुन्छ ।पाचपाच ओटा आन्दोलनका अभियन्ता,महान जनयुद्धका सर्वोच्च कमान्डर र आम पौने चार करोड नेपालीहरुका धरोहर क.प्रचण्डलाई जति देशको माया आज सम्म नेपाली राजनितिलाई पेशा बनाएर बाच्नेहरुलाई पक्कै छैन होला।यसर्थ बाम एकता तुहियो भने प्रचण्डको प्रयोग एमालेहरुको लागि फलामको च्युरा सावित हुनेछ भने हिजोका सहयोद्दाहरुको जडान पक्कै हुनेछ जस्तो नजर अन्दाज यो पंक्तिकारले पनि गरेको छ। असिमित अर्थ बोकेको प्रचण्डको नामको अर्को अर्थ भनेको जोड्नु पनि हो,सच्याउनु पनि हो र निकास पनि हो।प्रचण्ड जे बोल्नुहुन्छ त्यो भएर नै छोड्छ,यसर्थ प्रचण्डको अर्को अर्थ अध्भुत पनि हो कि जस्तो लाग्छ। सवाल रहयो संसदीय भासको ।आज हाम्रै सहयोद्दा कमान्डरहरु जनयुद्ध २ को दौरानमा हुनुहुन्छ।
संसदीय भासको विरुद्दमा उहाहरुले माओवादी केन्द्रसग नोट अफ डिसेन्ट लेखिसक्नुभएको छ। त्यो नोट अफ डिसेन्टको मुल मर्म भनेको संसदीय भासको खारेजी नै हो।यो सम्भव छ त?यसलाई सम्भव बनाउन बाहिर बसेर विरोध गरेर किमार्थ सफल नहोला।यसको लागि हिजोको जस्तो जनयुद्धको पनि आवश्यक छैन।किनकी हामीसग राजतन्त्र छैन,पारिवारिक व्यवस्था छैन।छ त लोकतन्त्र ! यो लोकतान्त्रिक पद्दतीमा टुट र फुटहरुले युद्दको धङधङी पिट्नु दिनभरि कराएर दक्षिणा हराएको जस्तो पो हुने हो कि? जतासुकै बम पड्केका खबर आइरहेका छन।यी बम ०५२-०६२ सालसम्म मात्रै उचित थिए,त्यतिबेला हाम्रो सत्ताको हेड गोमन सांप थियो।जब गोमन सांपको पुच्छर मारियो टाउको अझै मरेको छैन र अतिवादीहरु बेलाबेला नमरेको टाउकोको ब्याकफोर्स लगाउन माहिर भैसकेका छन। अब पुच्छर मरेको तर जिउदो टाउको मात्रै हुनुले सांप आधा शरिरको विकलाङ्ग भैसकेको छ र उ मृत्युको पर्खाइमा छ। हाम्रा आदरणीय सहयोद्दा कमरेडहरु जो अझै पनि संसदीय भास विरुद्द बलिदान गर्ने मनसायमा हुनुहुन्छ ।
तर लोकतान्त्रिक गणतन्त्रले अब हाम्रा युवाशक्तिको भोग खाने दिन आयो भने न यहाँ बालुवाटार हल्लिन्छ न त सिंहदरबार नै।यसैको वजह नेतृत्वले अबको एउटै कम्युनिष्ट शक्तिकेन्द्र बनाउन र कम्युनिष्ट शासन लागू गर्न असहमतिहरु र तिक्तताहरुको जोड्घटाउको विकल्प अर्को छ जस्तो लाग्दैन। यो ०५२ सालको नेपाल होइन।अहिले व्यवस्था मात्रै बदलिएको छैन,सन्चार सुविधाको नेटवर्क सर्वत्र जोडिएको छ।पहिले जस्तो सन्चारको अभाव छैन।सोही कारण आजको युगमा अर्को जनयुद्द नै योग्य छैन।छ त केवल एकता।सबै कम्युनिष्टको एकता भैसकेपछी व्यबस्थाहरु सम्पादन हुन थाल्नेछन।जतिबेल ा विप्लव,वैद्य ,प्रचण्ड ,बाबुराम भनेर जनता अल्झिदैनन,किनकी जनता इमान्दार विश्वासको भोका छन। रुखलाई छोडेर झर्ने पात जहिले पनि कुहिन्छ भने झै आस्था र अडान छोडेर दस तिर भौतारिनेहरुको अन्तिम परिणाम मिट्टिमा मिल्ने कुरालाई सन्देह मान्नु पर्ला जस्तो लाग्दैन।हिजो जनयुद्ध जारि रहदा वृक्ष हरियै थियो,सबैलाई शितल दिनेछ भन्ने अभिलाषा आम जनतामा विद्यमान थियो।
अहिले उजाड बन्दै जानू नै आम नेपालीको समृद्धिको संकट पो हो कि भन्ने भय सर्वत्र छ।यी र यस्तै खाले भयलाई चिर्न आज हामी विच एकताका प्रयासहरु गरिनुपर्छ अनि मात्रै हामी सत्तिसाल बन्न सक्छौं।हामी एक नहुनु कै पराकाष्ठा आज हामीले अन्तरास्ट्रिय विस्तारवादीहरुको लामो हात सहन गर्नुपर्ने बाध्यता विवशता बनी हामी र हाम्रो सार्बभौमतालाई नै प्रश्नचिन्ह खडा गरेको छ। दिनानुदिन सिमाको हस्तक्षेप अनि हाम्रो आन्तरिक राजनितिमाथी अन्तरदेशीय हस्तक्षेप हाम्रो कमजोर राजनितिको कारण नै हो जस्तो लाग्छ।एउटा घर फुट्यो भने त्यो घरले कहिले पनि शान्तिको अनुभुतिवोध गर्न पाउदैन त्यस्तै आज हाम्रो मुल घर चुक्किनुको कारण हामी अन्तरास्ट्रिय गिरोहहरुको चपेटामा परिरहन बाध्य छौं।
जब हाम्रो घर बलियो हुन्छ ,हामिमा एकताभाव हुन्छ तब संसारको कुनै पनि शक्तिले हामीलाई सिधा आखाले हेर्न सक्दैन।तर यहाँ हाम्रो मातृभुमी विस्तारवादी रबैयाले चिथोर्नु,हाम्रा नागरिकहरु भारतीय एसबिआइको फन्दामा पर्नु हाम्रो टुट र फुटको नियती हो कि जस्तो लाग्छ। राजनिती सम्भावनाको खेल भनेर अध्यक्ष कमरेड प्रचण्डले भनिसक्नुभएको छ।यो सम्भावनाको खेलको उपज हाम्रै बेमेल परोस्थितिको कारक हो भनेर सबैले मनन गर्नु जरुरी छ जस्तो लाग्छ।यसर्थ अब टुट र फुटको संघारमा होइन एकताको मिलन बिन्दुमा सम्पूर्ण बाम शक्ति एक भयौं भने हाम्रो सिमा चिथोर्नेहरुको नङ्रा भाच्चिन थाल्नेछ भने हाम्रो आन्तरिक राजनितीमाथी हस्तक्षेप गर्नेहरु विकलाङ्ग हुनेछन।धन्यवाद ।