• मिक्लाजुङ ।मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लामा रहेको दिपज्योति युवा क्लब मधुमल्लालाई नगद १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मिक्लाजुङ गाउँपालिका वार्ड नं. ६ पाण्डेचाेक, साबिक मधुमल्ला ४ निवासी जुझारू र समाजसेवामा अाफूलाई सन्तुष्टि मिल्ने फराकिलाे विचार राख्ने युवा राजन कार्कीले दिपज्योति युवा क्लबलाई सामग्री खरिदका लागि रकम पठाउनु भएको हो । हाल रोजगारीको शिलशिलमा दुबैमा कार्यरत कार्की बिदेशमा भएपनि मन नेपालमा नै हुने गरेकाे र संस्थाले समाजमा अनुकरणीय काम गरिरहेकाले अाफू साे संस्थाबाट प्रेरित भई युवा भाइबहिनीहरूकाे खेलकुदकाे विकासका लागि संस्थालाई आफ्नो तर्फ बाट सकेको सहयोग गरेको जानकारी दिनु भयो । उक्त सहयोग रकमले एक सेट जर्सी खरिद गर्ने योजना रहेको दीपज्योती युवा क्लबका खेल संयोजक नित्तम दाहालले जानकारी दिनु भयो । साथै आगामी दिनहरुमा समेत मिक्लाजुङलाई आफुले सक्दो सहयोग गर्ने कार्कीले प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । " राजन कार्की जस्ताे समाजसेवाकाे भावना भएकाे त्याे फराकिलाे मन र विशाल हृदय अनि जुझारूपनलाई सम्मान गर्दछाैँ । क्लबकाे सकारात्मक मूल्याङ्कनका साथमा प्राप्त अार्थिक सहयाेगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ ।" क्लबका अध्यक्ष सन्ताेष गाैतमले भन्नुभयाे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…