• उर्लाबारीःविजयीदशमीको अवसरमा मोरङको उर्लाबारीमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ ।




    भिजन फाउण्डेशन नेपाल, उर्लाबारीको आयोजनामा असोज ९ गते चर्चित ब्याण्ड कन्दरा र नेपाल आइडलको टप टेन प्रतियोगी केन्जलमेयर श्रेष्ठको प्रस्तुति रहने भएको हो । उर्लाबारी–७ स्थित पशुपति आमाबिमा हुने उक्त कार्यक्रममा ४ हजारभन्दा बढी दर्शकको सहभागिता रहने फाण्डेशनका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् ।

    फाउण्डेशनद्वारा सञ्चालित उर्लाबारी सार्वजनिक पुस्तकालय सहयोगार्थ आयोजित सांगितिक कार्यक्रममा ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । विजयीदशमीको शुभकामना आदानप्रदान गर्दै उर्लाबारीलाई संगीतमय बनाउने योजना रहेको अध्यक्ष लामाले बताएका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमलाई भब्य र सभ्य बनाउन तयारी सुरु गरिसकेको जनाइएको छ । भिजनले शिव रात्रीमा पनि सांगितिक कार्यक्रम बर्षेनी गर्दै आएको छ । उक्त संस्थाले विगत लामो समयदेखि सामाजिक गतिबिधि गर्दै आएको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…