• काठमाडौं । चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ अहिले विश्वभर चर्चाको शिखरमा छ । सेक्स सेवा दिने यो रेष्टुरेण्टका हरेक सामान सेक्ससँग सम्बन्धित छन् ।

    रेष्टुरेण्टमा प्रयोग गरिएका हरेका समानले सेक्सको प्रतिकात्मक झल्को दिन्छन् । यहाँ स्तनको आकारमा कप रहेको छ । लिङ्गको आकारमा बियर ओपनर छ ।

    यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ ।

    रेष्टुरेण्टका सबै पर्खालमा सेक्स साधन र महिलाको नग्न चित्र बनाइएको छ । रेष्टुरेण्टको प्रवेशद्वारदेखि भित्रसम्म कुनै त्यस्तो स्थान छैन जहाँ सेक्स सम्बन्धी कुनै चित्र नभएको होस् ।

    रेष्टुरेण्ट मालिक लुलुका अनुसार बितेको पाँच हजार वर्षदेखि भोजन र सेक्स मानिसहरुका लागि अत्यावश्यकीय हुन पुगेको छ । मानिसलाई सबै भन्दा पहिला यिनै दुई चिजको भोक लाग्ने लुलुको भनाइ छ ।

    यसर्थ यो रेष्टुरेण्टमा सबै कुरा भुलेर खाना र सेक्सका बारेमा सन्तुष्टि लिने मिल्ने बनाइएको उनको दावी छ ।

    बाबुछोरी मिलेर सञ्चालन गरिएको सो रेष्टुरेण्टको किचन बाबुले हेर्छन भने बाँकी काम छोरीको जिम्मामा लगाइएको छ ।

    यो रेष्टुरेण्टमा पाइने सबै खानेकुराहरुको नाम पनि अश्लील नै छन । एजेन्सी

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…