• हाँस्य कलाकार विल्सन विक्रम राइ निर्मित तथा अभिनित चलचित्र ‘रातो घर’ जेठ १९ गते शुक्रबारबाट रिलिज हुँदैछ । केही हप्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा कलाकार सुनिल थापाले विल्सन यो चलचित्रको हिरो हुन् भनिदिएपछि, उनी मख्ख छन् । सुरज सुब्बा निर्देशित यो चलचित्रमा गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

    ‘रातो घर’को अर्थ ‘जेल’ भनेर वुझिन्छ । खबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा विल्सनले चलचित्र र आफ्नो करिअरको बारेमा रमाइलो कुराकानी गरे ।

    हालैमात्र बलिउड नायिका आयषा टाकियासँग बलिउड चलचित्रमा काम गरेर फर्किएका विल्सनले त्यहाँ काम गर्दाको अनुभव सुनाए । उनले भने-‘त्यहाँ त मेरो अंग्रेजी देखेर सबै डराउथ्य । कारण, मेरो नाम नै विल्सन हो नी । बेलायतबाट आएको भन्ने सोच्थे मलाई ।’

    विल्सनले केही नेपाली कलाकारको बिहे समेत गराइदिए । उनले, नायिका केकी अधिकारीलाई वुद्धि तामाङसँग बिहे गर्न सुझाव दिए भने आफूले बिहे गर्ने नायिका नै भेटेनन् । आजसम्म लभ परेको छैन भन्ने प्रश्नमा उनले भने-‘कहाँ को पर्नु, आफ्ना त सबै दिदीबहिनी । सबैले ‘तक्मे बाजे’ भन्छन् ।’

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…