• कृष्ण भिर, मलेसिया /लामो समयदेखी मलेसिया बसेर साहित्यमा कलम चलाउदै आउनु हुने साहित्यकार तथा गीतकार दिलिप राई सगरको डेब्यु एल्बम “तस्बिर”को एक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “बाह्रमासे फूले सरि ” को अत्यन्तै आकर्षक गीती भिज्युल सार्वजनिक भएको छ।

    बाह्रमासे फूल नामक गीतलाई एरेन्ज गर्नुभएको हो बरिस्ठ एरेन्जर बुद्ध सायमीले भने गीतको संगीत तर्फ बरिस्ठ संगीतकार डाक्टर किराँतको रहेको छ भने गीतमा स्वर दिनु भएको छ गायक कन्काइस्ट राई र अत्यन्तै सुमधुर स्वरकी धनी गायिका दिपा लामाले । भर्जिन रेकर्डिङ प्रालिमा रेकर्डिङ भएको गीतलाई चन्द्र चौधरीले मिक्सिङ् गर्नु भएको हो ।

    गीतको कथागत संरचनाको छाँयामा देखिने कलाकारहरु हुनुहुन्छ अर्चना काउचा मगर , टिआर होङेलु , केट्रीन होङेलु, शंकर खालिङ् भने भिडियोको सम्पादन राजकुमार होङेलुको रहेको छ गीतलाई अत्यन्तै आकर्षक बनाउन गीतको निर्देशनको भुमिकामा गोबिन्द राज भण्डारी र राजकुमार कुलुंङले गर्नुभएको छ ।

    गीतको पूरा भिडियो यश प्रकार रहेको छ :-

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…