• काठमाडौं,वैशाख २५ । चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।प्रतिनिधिसभामा सदस्य एव्म पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहका थिए ।

    नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमडी चलचित्र रहेको छ ‘झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालको रहेको छ ।

    यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन्  भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

    कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजनरसूर्यरसलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।

    चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने गीतकार तिर्थ दामली टुप्पीको शब्द रहेको छ । प्रोडक्सन म्यानेजर राजु दाई रहेको चलचित्रका ट्रेलर डिजाइनर दीर्घ खड्का हुन ।

सम्वन्धित समाचार

 अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापान…

 फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिक…

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार&rsqu…