• उदयपुर÷ बैशाख २६ 
     सरकारले यातायात व्यवसायी संघहरुको नविकरण असार देखि नगर्ने निर्णय गरे संगै हिमाली यातायात व्यवसायी संघ उदयपुरले आफ्ना सम्पुर्ण कर्मचारीहरु हटाउने भएको छ । संघले आज एक सुचना जारी गर्दे असार बाट लाँगुहुने गरी स्थाई तथा अस्थाई सवै कर्मचारीहरु हटाउने जानकारी गराएको हो । हिमाली यातायात व्यवसायी संघ उदयपुरमा स्थापना कालदेखी हाल सम्म कार्यरत झण्डै १ सय जना कर्मचारी हटाउने भएको हो । सरकारले यातायात व्यवसायीलाई नविकरण नगर्ने निर्णय गरे संगै आम्दानी नहुने भएपछि कर्मचारी हटाउन लागेको जनाएको छ । संघले दुर्घटना संग सम्बन्धित विमा संग सम्बन्धित र यात्रु बुकिङ संग सम्बन्धित  संवर्धनका सम्वन्धित काम हरु संघका नाम बाट गर्न नपाईने भए पछि कर्मचारी हटाउन लागिएको हिमाली यातायात व्यवसायी संघका सचिव कृष्ण भण्डारीले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…