• “उ छाँगाबाट खसेजस्तै भई । वास्तविकता त्यसको विपरीत थियो । सौर्यले मिठा मिठा सपना देखाएर उसको ईज्यत र अस्मितामाथि खेलवाड पो गरेको रहेछ । बिचरा बाबु आमा र भाइ बैनीको सुन्दर भविष्यको लागी सौर्यको पासोमा परेर आएकी सोनीको जवानीको रस चुसेर उसलाई त्यत्तिकै अलपत्र पारेर छोडिदिएको थियो ।

    एक नम्बरको धुर्त,जँड्याहा थियो सौर्य । खानदान राम्रो भएपनि आवारा साथीहरूको संगतले बेश्यालय,डान्सबार अनि क्यासिनो जाने,बाबा आमाले मेहनत र पसिनाले कमाएको पैसा खराब साथीभाई बटुलेर क्षणभरमै फुक्ने गर्दथ्यो ।

    उसको लागी पैसा र केटी अम्मल सरी थिए । तिनी बिनाको जीवन उ कल्पना पनि गर्न सक्दैनथ्यो । बाबा आमाको पैसा,पुर्ख्यौली सम्पत्ति सब सखाप पारिसकेपछि अन्नत उसलाई परिवारले नै निकालिदिएका थिए ।

    ड्रग्सको कुलतमा फँसेर महिनौ महिना त उ पुनर्स्थापना केन्द्रमा बस्यो,अस्पताल मा उपचारको लागी भर्ना भयो त्यसको लेखाजोखा थिएन । बाबा आमा निराश थिए । उसलाई सुधार्न कुनैपनि हालतमा नसकेपछि सौर्यको लागी सदा सदा घरको ढोका बन्द भएको थियो

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…