किसोर श्रेष्ठ
उर्लाबारी । मोरङ मिक्लाजुङ २ शाखारेका नितेश राईको लक्ष्य सफल गायक बन्ने रहेको छ । १५ वर्षिय उनी स्थानीय विद्यालयमा १० कक्षामा पढ्दैछन् । आर्थिक अवस्था एकदमै नाजुक रहेका राईको स्वरमा भने जादु रहेको छ ।
चर्चित गायकहरुको जस्तोसुकै गीतहरु नी सहजै गाउनसक्नु उनको खुबी हो । अरुण थापाको आँखाको निन्द चोरी लाने, शिव परियारको पिउदिन भन्दाभन्दै पिलायो साथीले, हेमन्त राणाको सुन साईली जस्ता गीतहरु मिठासपुर्ण गाउँने गर्छन् ।
सानैदेखि स्कुल अनि घर गाउँमा गीत गाउदै आएको भएपनि उनको प्रतिभाको अझैसम्म कदर हुन सकेको छैन् । स्कुलमा गीत गाउँने क्रममा उनले धेरै पटक प्रथम स्थान हासिल गरेका छन् । आफ्नो प्रतिभालाई आफ्नो गाउँमा मात्रै नभएर देश अनि बिदेशमा रहेका नेपालीहरु माझ पुर्याउनु चाहान्छ्न, उनी । आफ्नै गीत रेकर्ड गराउने उनको ठुलो इच्छा रहेको छ । परिवारको साथ, सहयोग राम्रै भएपनी आर्थिक अवस्था नाजुक भएका कारण समस्या भएको उनले बताए ।
उनको गीत सुन्ने प्रायः जोकोही पनि उनको स्वरको जादुमा डुब्ने गर्दछन् । संगीत सिकेर यस क्षेत्रमा केहि गर्ने लक्ष्य रहेको भएपनी आर्थिक अवस्थाले पछि पर्दै गएको उनको गुनासो छ ।
नितेशको मनपर्ने गायक र प्रेरणाको स्रोत चर्चित गायक प्रमोद खरेल हुन् । खरेलको म बिना कसै कसैलाई मुस्किल छ पोखरामा गीत दुरुस्त गाउछन् । उनको प्रतिभालाई देश बिदेशसम्म पुर्याउन पहिलोपटक युवा मन नेपाल युटुव च्यानलले उनको अन्तर्वार्ता गरेको छ ।
https://www.youtube.com/watch?v=EPbCPxb22iQ