• मनिष कटुवाल

    प्रदेश न. १ को हिउँदे अधिवेशन हिजोबाट सकिएको छ ।कुल ३९ वटा बैठक बसेको अधिबेशनमा ११ वटा विधेयक पास भएको छ।यद्यपि यतिखेर उपरोक्त अधिबेशनमा साङसदहरुको व्यक्तिगत तवरमा प्रदर्शित भुमिकालाई लिएर विभिन्न कोणबाट चर्चा - परिचर्चा र मुल्यांकनसमेत गरिन थालिएको छ।प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरि कुल ९३ साङसद संख्या रहेको प्रदेश सभामा साङसदहरुको व्यक्तिगत क्षमता र योग्यताको राम्रै परिक्षण हुनपुग्यो।बिहानीले दिनको संकेत गरेझैं प्रहिलो सत्रको बैठकमा प्रदर्शन गरिएको साङसदहरुको भुमिका अनि क्षमता नै अबको पाँच बर्षसम्म सदनमा हावी हुने निश्चितप्रायः छ।संघिय समाजवादी फोरमका जयराम यादवको भुमिका र प्रस्तुति सदनमा स्मरणयोग्य रहयो।उनको दमदार प्रस्तुतिको सबैले तारिफ गरे। यता प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसबाट एउटा प्रतिपक्षी पार्टीको स्तरमा सदनभित्र खेल्नुपर्ने भुमिका करिब नदेखिए पनि यस पार्टीका तीनजना साङसद शेखरचन्द्र थापा , सुयर्माराज राई र लोकप्रसाद सङ्ग्रौलाले महत्त्वपूर्ण छाप छोड्न सफल भए।कुलमा थापा , राई र सङ्ग्रौलाको प्रस्तुति र भुमिका नै कांग्रेसको साख जोगाउने मुल कडीको रूपमा रहयो।लगभग कांग्रेसको साख यिनै तीनजनाले बाकी पाँच बर्षलाई धान्ने निश्चितप्रायः देखिन्छ।

     

    उता सत्तापक्षबाट पनि केही चुनिएका साङसदहरुको मात्रै भुमिका र प्रस्तुति प्रभावकारी देखियो।माओवादी केन्द्रबाट झलक मगर र मोहन खड्काको भुमिका र प्रस्तुति स्मरणयोग्य रहयो।यसैगरी एमालेबाट लिलाबल्लभ अधिकारी, लक्ष्मण तिवारी , उषाकला राई र विमल कार्कीको प्रस्तुति र भुमिका ओजनदार रहयो। एमाले सङ्ख्यामा सबैभन्दा धेरै ५१ जना छ। तत्कालीन संविधान सभा र संसदको समेत अनुभव बटुलिसकेकाहरुको समेत उपस्थिति रहेको एमालेमा उषाकला राईबाहेक अन्य अनुभवी साङसदहरुको भुमिका खासै देखिन सकेन।पुरानामध्ये शेरधन राई मुख्यमन्त्री छन।भिम आचार्य लगभग बैठकमा नआइ नै हिउँदे सत्र सकियो।मुख्यमन्त्रीको दावेदार रहेका आचार्य दलको नेताको चुनावमा पराजित भएका थिए।बरु तुलनात्मक हिसाबले नयाँ साङसदहरुको भुमिका उल्लेख्य रहयो एमालेमा।अधिकारी , तिवारी र कार्की नयाँ हुन तर उनीहरुको दमदार प्रस्तुतिले एमालेको शिर ठड्यायो।

    प्रारम्भमा हाउसलाई 'बिजनेस' दिन नसकेको भनेर आलोचना खेपेको प्रदेश सरकारले पछिल्लो समयमा तिव्र गतिमा विधेयक ल्याएको थियो।यसैबीच १ अरब २ करोड ५ लाखको समानिकरण ( केन्द्रीय अनुदान ) बजेट सरकारले ल्याएको थियोे ।प्रदेश बैठकभरि मुख्यमन्त्रीले दुई पटक संसदमा सम्बोधन गरे। सदन बैठक चल्दाभरिको रमाइलो पक्ष भनेको पक्ष - प्रतिपक्षको कुनै आभास नहुनु रहयो।पक्ष - प्रतिपक्षको रूपमा कुनै मतान्तर, विरोध र फरक मत बैठकभरि देख्न परेन। यद्यपि सत्र समापनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले 'यो सत्र सहमति , समन्वय र सहकार्यमा समाप्ति भएको र भावी दिनमा पनि यसरी नै सुचारु होस भन्ने सदिच्छा लिएको बताए।' उनले तर प्रतिपक्ष नै छैन भन्ने नसम्झन सुझाउदै सङ्ख्या थोरै भए नि बलियो प्रतिपक्ष बन्ने दावीसमेत गरेका थिए ।जवाफमा मुख्यमन्त्री शेरधन राईले हाम्रो मुल मुद्दा समृद्दि , स्थायित्व र संघियता कार्यान्वयन भएको हुँदा यो कार्यकाललाई यसरी नै सहमति , सहकार्य र समन्वयबाट अघि बढाउने आफ्नो लक्ष्य रहेको बताएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…