पथरी । मोरङको पथरीशनिश्चरेमा स्थानीय सरकार सञ्चालन कार्यविधि ऐन–२०७४ सम्बन्धी प्रशिक्षण कार्यक्रम बैशाख २७ गतेदेखि सुरु भएको छ ।पथरीशनिश्चरे नगरपालिकाको सहयोग तथा आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनमा भएको हो । सरकारले भर्खरै जारी गरेको ऐन स्थानीय सरकार सञ्चालन कार्यविधि ऐन २०७४ ले निर्धारण गरेको कुराहरू बारे आदिवासीहरूलाई जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको महासंघका सचिव देबेन्द्र वनेमले बताए । कार्यक्रममा नगर प्रमुख दिलिम कुमार राईले नयाँ ऐनबारे सरोकारवालाहरुर्ला थाहा नभएको अवस्थामा आयोजकले कार्यक्रम गरेर सूसाचित गरेको जनाएका छन् । कार्यक्रममा आदिवासी जनजाति महासंघ सल्लाहकार संयोजक हेमभक्त तमु, नगरका प्रवक्ता यम गुरागाई लगायतले आफ्नो मनतव्य राखेका थिए । बैशाख २८ गतेसम्म चल्ने कार्यक्रमको सहजीकरण काजिमान थिङले सहजिकरण गरिरहेका छन् ।