काठमाडौं,०६ असोज ।
नेपाली एपीवान टेलिभिजनकाे प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगितामा यतिवेला बुद्ध लामाकाे छुट्टै हाइ हाइ छ । अत्यन्तै नाजुक अार्थीक अवस्थाकाे पारिवारीक पृष्ठभूमीबाट हुर्कीएकाे बुद्ध सानाे उमेराबाटै गित सँगितमा रमाउन थालेकाे उनकाे बुबा वताउनुहुन्छ ।
बानेश्वरको चिया पसलमा चर्चा चलिरहेको थियो, यत्तिकैमा एकजनाले प्रश्न गरे, ‘नेपाल आइडल को बन्ला ’ सबैले आ–आफ्नो मनपर्ने प्रतिष्पर्धीको नाम लिएर जित्ने आधार देखाए । तर झण्डै १७ जनाभन्दा बढीको समुहमा देखा परेका एक जना झ्याप्प दाह्रा पालेका अनि चश्मा लगाएका अन्दाजी ३५ वर्षको जस्तो देखिने एक युवाले जवाफ दिए बुद्ध लामा । र, उनले थपे ‘सागर आउट हुनु बुद्धका लागि प्लस प्वाइन्ट भयो ।’
उनले यत्ति भनेपछि सबैको ध्यान उनीतिर केन्द्रित भयो । र सबैले थप जिज्ञासा राख्दै सोधे, ‘तर कसरी रु के छ आधार ?’ प्रश्नकर्ताहरुलाई ती युवाले प्रतिप्रश्न गर्दै सोधे, ‘प्रशान्त तामाङ, तेरिया मगर, प्रताप लामा, सन्तोष लामालाई आइडल बनाउने को हुन् त ?’ सबै नाजवाफ भए । र, उनले नेपाल आइडल बुद्ध बन्ने आधार देखाउँदै भने, ‘म बाहुनको छोरा हुँ, तर दावीका साथ भन्छु, यो पटक बुद्धले जित्छ ?’
अरुले फेरि सोधे रु किन र कसरी रु उनले फेरि भने, ‘हालसम्म यस्तो प्रतिष्पर्धाहरु जनजातिकै छोराले मात्र जितेको रेकर्ड छ, नेपालमा भएको यो रियालिटी शोमा बुद्धलाई जिताएर मात्रै उनीहरुले विश्राम लिन्छन् ।’