• देशभरिमा हजारौं विद्या मन्दिरहरु छन,ती विद्या मन्दिरहरुमा लाखौं शिक्षक/शिक्षिकाहरु शिक्षण पेशा गर्दछ्न ।तिनै विद्या मन्दिरको मुल र मुहान बाट आजका अस्पतालका डाक्टर बने, प्राविधिक इन्जिनियर ,राजनितीज्ञ,पाइलट र विद्वानहरु बने।

    आजकै सत्ताका मन्त्री,प्रधानम न्त्री ,राष्ट्रपति,उपराष्टपति ,सरकार र संसद जुन छन ती सबै तिनै विद्या मन्दिरहरुले उत्पादन गरेका सिर्जनाहरु हुन। तर विडम्बना नै भन्नुपर्छ,नेताले मातृभुमी नचिन्नु,सरकारले देश नचिन्नु ,सम्बन्धित निकायहरुले समबन्धित क्षेत्रको जिम्मेवारीहरु बहन नगर्नु- नया खाले गम्भीर चुनौतीहरु हुन।

    नसुनिएका आवाजहरुलाई झनै नसुन्ने राज्यका कानहरुलाई कहिलेकाहि चट्याङले पनि ब्युझाउन नसक्ने रहेछ।सरकारी निकायहरुले एकै खाले ठोस नियमको अनुसरण गरेको पनि पाइदैन।संगठन पिच्छे विद्रोह र आन्दोलनको आवाज बुलन्द नगरीकन एक प्रतिशत पनि माग सुनुवाइ नहुनु र जिम्मेवारी बहन गरिरहेका कर्मचारीहरुले आन्दोलन,विद्रोह र अनशन जस्ता कार्यक्रमहरु गर्न बाध्य बनाउने सरकारी निकाय माथी नै असक्षम सरकारका प्रश्न चिन्हहरु उठ्ने गर्छन। निलो र हरियो पोशाक लगाएर बर्दी भिरिसकेपछीको एउटा संगठन जिम्मेवारी बहन गरेको दिन देखि स्थायी हुन्छ यहाँ । सक्षम भनेर नियुक्त गरिएको शिक्षक उसले पढाएको विद्यार्थीले क ख रा पढेर उ नोकरी गरिसकेर पेन्सन प्राप्त गरेर सेवा बाट अवकाश लिदा सम्म उहीँ कखरा पढाएको शिक्षक अस्थायीमा नै पेशा छाडेर सेवा बाट हात धुनु परिरहेको हुन्छ,किन????

    किन राज्यका कर्मचारीहरुलाई बिभेदका साङ्लाहरुले बाधिन्छ ,किन घुसखोरहरुको संरक्षण गरि तिनै देश बनाउने मान्छेहरुको बाटो देखाइदिने गुरुबर्गहरुको बेवास्ता गरिन्छ मन्त्री ज्यु???

    विभिन्न नामधारी आयोग बनाएर पूजिवादको होलसेल चलाउने भन्दा बढी धन्दा राज्यले गर्न सकेन ।राज्यको विभिन्न अङ्गमा काम गरिरहेका आफ्ना कर्मचारीहरु असक्षम र अयोग्य छन भने जागिर बाट निकालिदेउ र असक्षमको स्थानमा सक्षमको नियुक्ती गरि सम्पूर्ण सक्षम शिक्षक ,शिक्षिकाहरुलाई स्वत: स्थायी घोषणा गरिदेउ।यहाँ त अस्पतालका डाक्टर समेत इमर्जेन्सी बन्द गरेर आन्दोलनमा जानुपर्ने,विद्य ा मन्दिरमा पढाइरहनुभएका शिक्षक शिक्षिकाहरु विद्यालयको पठनपाठन बन्द गरेर सरकार विरुद्द आन्दोलनमा लाग्नुपर्ने यो कस्तो आश्चर्यजनक खेल हो सरकार???

    हामी चाहन्छौं समतामुलक र समृद्द नेपाल ,बिभेद रहित नेपाल र सुशासनको सरकार ।हामी यहाँ कुनै दल,नेता र सरकारको वाहिवाही भन्दा नागरिकको आवाज सुन्ने ,कर्मचारीको उचित व्यावस्थापन र सम्मान गर्ने ,जनताको जनाधिकारहरुलाई सस्थागत गर्ने सरकारको अपेक्षा गर्ने युगका नागरिक हौं ,मनन गरियोस।सेना,पुल िसको नोकरिमा नियुक्त हुने बितिकै बन्दुक र लठ्ठीले सोही मिति देखि स्थायी जागीरको परिचयपत्र पाएको हुन्छ भने सोही सरकारी मातहतमा रहेका शिक्षक/ शिक्षिकाहरुले कहिले सम्म सरकारको दयाको भिग माग्ने???

    यो अनुत्तरित प्रश्नको जबाफ तुरुन्त दिइयोस।नागरिकको मर्म र आवश्यकता माथी विशेष ध्यान नदिने राज्य र सरकार जनमुखी कहिले पनि बन्न सक्दैन मनन गरियोस ।

    ६ असोज,२०७४ हाल: काठमाडौं

    लक्ष्मण चौलागाईं (विद्रोही)

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …