• दमक,  असोज ६ गते । छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

    एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् ।

    औषधि गर्न अस्पताल गएका मगरको अस्पतालका स्वास्थ्यकर्मीले औषधि दिएको केहीबेरमा मृत्यु भएको पीडित परिवारले जनाएका छन् ।

    चिकित्सकका कारणले नै बिरामीको मृत्यु भएको उजुुरी दिँदै पीडितका आफन्त प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका कारण दिनभरि अस्पतालका सबै सेवा प्रभावित बन्न पुगेको थियो । मगरका आफन्त तथा परिवारले अस्पतालका कारण बिरामीको अकालमै मृत्यु भएको पीडितको उजुरीमा उल्लेख छ ।

    मृतकका भाइ–बुहारी मञ्जु राईले अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गरेकाले बिरामीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई न्याय दिनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ ।”

    एड्भान्स रिसर्च सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले अस्पतालका स्वास्थ्यकर्मीका कारण बिरामीको मृत्यु नभएको दाबी गर्नुहुन्छ । बिरामीलाई औषधि दिएका कारण त्यस्तो भएको होइन, मुटुको समस्याले बिरामीको मृत्यु भएको उहाँको भनाइ छ ।

    मगरको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ ।

    यसैबीच, बिरामीको मृत्यु प्रकरणमा अस्पतालबाट गल्ती भएको भेटिए कानूनअनुसार कारबाही गर्ने र क्षतिपूर्ति दिने सहमति भएको छ । सहमति भएअनुसार पीडितलाई राहत दिलाउन दुई छोरीको उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने तथा मृतकको स्मृतिमा ट्रष्ट खोल्ने सहमति भएको छ ।

    जमेको पानीमा डुबेर मृत्यु

    यसैबीच, जमेको पानीमा डुबेर दमक नगरपालिका वडा नं १० का एक बालकको बिहीबार साँझ ज्यान गएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी ज्यान जानेमा दमक–१० का बेदप्रसाद अधिकारीका १२ वर्षीय छोरा शौरभ अधिकारी रहेका छन् ।

    घाँस बोकेर घर आउँदै गर्दा पानी जमेको खेतमा डुबेर उनी गम्भीर घाइते भएका थिए ।

    घाइते बालकलाई उपचारका लागि स्थानीय अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…