• रोशन पोखरेल, विराटनगर , बैशाख २९
    जन्मभुमि प्रति समर्पित भएर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राम कुमार कार्कीको लोकदोहोरी “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको छ । सुमधुर आवाजका धनी गायिका पार्वती कार्कि र गायक राम कुमार कार्कि लोक गीत “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको हो । रामेछाप जिल्लाको वर्णन गदैँ आफनी प्रेमीकालाई माया लगाउन चाहेको कुरा गायकले गायिकालाई भनेका छन । कुमार कार्किको शब्द सिर्जना भित्र राम कुमार पौडेलले संगीत भएका छन भने सो सन्देश मुलक गीतलाई राजेश सोनीले एरेन्ज गरेका छन ।

    मौलिक लोक लयमा आधारित गीतमा रामेछापमा अवस्थीत सवै प्राकृतिक सम्पदालाई समेटिएको छ । आफु जस्तो सुकेै भएपनि आफनो गाउँघरको याद सधै भरि रहने कुरालाई मर्मस्पर्शी रुपमा व्यक्त गरिएको छ । रामेछापको धार्मिक पर्यटकिय सम्भावना र रामेछापका विविध सम्पदालाई भिडियोमा देखाउन खोजिएको छ ।

    गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने नविन धर्ति मगरले सम्पादन गरेका छन । “घर त मेरो रामेछाप जिल्ला”मा कोरियोग्राफी काजिश श्रेष्ठले गरेका छन । साथै निर्देशन खामेश श्रेष्ठले गरेका छन । भिडियोमा अमृत बहादुर सुनार , रेवती मगर , सुरेश चन्द्र घिसिङ, मिङमा शेर्पा , कुमार जंग कार्कि र वविता कार्किको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडीयो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…