• उर्लाबारी असोज ६ गते । निजी विद्यालयमा कार्यरत शिक्षकहरुबाट सन्चालित सुन्दरफुल वचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले आफ्नो दशौं स्थापना दिवस नमुना वाल गृहलाई सहयोग गर्दै मनाएको छ ।


    नमुना वाल गृह उर्लाबारीमा आश्रित ४५ जना वाललालिकाको लागि १४ हजार बराबरको दशैंको खसी र खाद्यान्य सहयोग गरि स्थापना दिवस मनाएको हो ।


    गृह परिषरमा भएको कार्यक्रमा संस्थाका अध्यक्ष गोपाल प्रसाद रिमाल,सल्लाहकार लेखनाथ भट्टराई,टिकाप्रसाद दंगाल,नबलकिसोर खनाल लगायतको आथित्यता रहेको थियो । संस्थाले सामाजिक उत्तरदाहित्व अन्तरगत वालगृहलाई सहयोग गरेको अध्यक्ष रिमालले जानकारी दिएका छन् ।



    वालगृहका वालबालिकासँग खुशीयाली साटासाट गर्दै केक काटेर संस्थाका पदाधिकारीहरुले खुवाएका थिए ।
    वालगृहकी अध्यक्ष मीना बरालले सहयोगी संस्थालाई धन्यवाद दिदैं वाल गृह राज्यको सहयोगले भन्दा स्थानीय संघसंस्था विदेश तथा स्वदेशमा रहेका सहयोगी मनहरुको सहयोगमा दुखसुखले चल्दै आएको बताईन् ।




    उनले यस्तै किसिमको सहयोग भईरहे गृह चलाउन सहजता हुने अपेक्षा राखिन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…