देश विविध उतारचढावहरु पार गर्दै बिभिन्न ऐतिहासिक कालखण्डमा निरन्तर अघि बढिरहेको छ।विभिन्न शासन व्यवस्थाका पद्दतीहरु परिवर्तन भए पनि देशले स्थिर राजनिति प्राप्त गरेको छैन।नौ नौ महिनामा नया सरकारको गठबन्धनको अदल बदल भने भैरहेको छ।जनमुखी राजनिती नबन्नु र सत्तामुखी राजनितीको चीत्कार २४ सै घन्टा सुनिनु खासै नौलो कुरा होइन। तर आजको आवाज ,आम नागरिकको जनजीवनसग सम्बन्धित सम्बोधन राज्यले जनतालाई गर्न गैरहेको छैन।सत्ताका नामहरु फेरिएका छन तर मुहारहरु उस्तै छन।चलनचल्तीमा रहेको एउटा उखान याद आयो "जुन जोगि आए पनि कानै चिरेका तर हामीलाई कान चिरिएका " जोगीहरु भन्दा दिमाग खुलेका र चेतना भएका मान्छेहरुको आवश्यकता छ मुलुकमा ,देशभक्तहरुको मित्रताको खाचो छ,मुलुक र मुलुकको हित चिताउने क्रान्ती वीरहरुको दिग्विजयको आवश्यकता छ अनि मात्रै नेपालको राज्यसत्ताले जनता केन्दृत ,राष्ट्र प्रेमले ओतप्रोत सत्ता र समृद्धिको उजागर गर्न सक्छ। सात पुस्ते रमाइलोमा पेन्टिङ भएको नातावाद,कृपावाद र भोलेवादको अस्थिर राजनैतिक पृष्ठभुमिले हामी हरेक दिन बैदेशिक ऋणको लोड बोक्न विवश छौं भने मुलुकभित्र अथाह भ्रष्टाचार र दलाली गर्ने मान्छेहरुलाई हामिले राजनेता भनेर मान्नु र पाल्नु परिरहेको छ। हिजोको महान जनयुद्धमा महान सहिद र महान मान्छेहरुको हत्यारालाई हामिले सरकार मान्नु विवश यो परिवेशलाई जति नै सकारात्मक भावना पस्किन खोजे पनि लाइन आक्रोशमा बदलिन पुग्छ। जनतामाथी लादिने नियम र सत्तामा देखिने मन परि कानुनी उपहास कमजोर राष्ट्रका संकेतहरु हुन।हाल प्राप्त उपलब्धिको समेत कु गर्न खोज्ने तत्वहरु आफुलाई महानतम राष्ट्रवादको जलप लगाउदै षड्यन्त्र र तिक्डमबाजीको खेल खेलिरहेको छ।हाम्रो राजनीति कमजोर बनाउन बाहिय शक्तिहरु पनि सकृय भएर लागिपरेका छन। स्थिर राजनितिको अभावमा राज्यको ढुकुटी दोहन गर्नेहरुको रमाइलो बढिरहेको छ।मनपरी रजाइ जस्तो एजेन्डा तुहाउनेहरुको बेलाको बोलिहरु बेलाबेलामा सुनिदै आएको पनि छ।काम एकथरी कुरा अर्को थरी ,बोली एकथरी ,ब्याबहार अर्को थरी गर्दछ अस्थिर राजनितीले। कसरी हुन्छ आफू र आफ्नो झुन्डको मात्रै जगेर्ना गर्ने राजनितिक दल पनि छ नेपालमा भने आफू मरेर अरुलाई बचाउने वीरहरुको दल पनि छ नेपालमा जसलाई हामिले अतिवादी र क्रान्तिकारी भनेर बुझ्ने गरेका छौं,त्यही क्रान्तिकारीको महान कदमले आजको मुलुकको सत्ता फेरिएको छ तर जनताको मन फेरिएन ,सोचमा परिवर्तनको अभाव भेटियो र प्रतिगमन पुन: पनि लोकतान्त्रिक शासनको साहुजी भयो। पूजिवादी रबैयाले सर्वाहाराको खुन चुसिरहयो,जनताको आखामा छारो हाल्दै गुन्डागर्दी ,भ्रष्ट र अपराधीहरुको संरक्षणलाई उसको नैतिक शिक्षा सम्झ्यो।अनि हामी हाम्रा एजेन्डाहरुले थिचिनुपरेको,सहिद बलिदानीको खिल्ली उडाइरहेको हाम्रा दुई कानहरुले सुन्नु परेको ,अनि हाम्रै देशको राष्ट्रिय सम्पत्ती बेच्ने दलालहरु बिरुद्द हामिले गहिरो खेद ब्यक्त गर्न बाध्य हुनुपरेको।हामी चाहन्छौं हाम्रो देश समृद्द बनोस। जनता राज्यसग जोडिउन,जनताको अपेक्षा बलात्कृत नहोस भनेर हामिले कलम चलाइरहेका छौं।राज्यलाई धावा बोलिरहेका छौं ,तर हाम्रो कानुनी संयन्त्र समेत राजनितीको लगाम बनेको छ अनि जनतालाई गुलाम सम्झिने अतिवादलाई नमस्कार ठोक्नेहरुको अर्धचेतनास्तर नै अस्थिर राजनितिको पराकाष्ठा र अभ्युदय हो।इतिहासमा डरलाग्दा काल रात्रीहरु आए,काला कर्तुतहरु छाए,बिबिध खाले अपराधहरुको समाचारहरु सम्प्रेषण भैरहे तर जनता देशभक्त बन्न सकेनन,नोट मोहि र निजि स्वार्थको हुल भित्र रमाए अनि देशले स्थिर राजनितिको संकेत गरिरहेको छैन।यहाँनेर नेपालको सत्ता जनमुखी हुनलाई त जनताको आधारभूत आवश्यकता सरकार र राज्यसंग जोडिनुपर्थ्यो। तर यो देशको राजनितिक ठेकेदार आफुलाई विसन्चो हुदा अत्यन्तै भाग्यमानी सम्झन्छ भने गरिब,निमुखा र असहाय जनता आफुलाई बिसन्चो हुदा सुकुम्बासी बन्न पुग्छन, लालपुर्जा बन्दकी राखेर अस्पताल भर्ना हुन साहुको सामु गएर रोइ कराइ ,लाख लाख बिन्ती गरेर आफ्नो जमिनको पूर्जा डिपोजिट राखेर उपचार गराउन विवश हुन्छन भने राजनेताहरुको यात्रा बिदेशको महँगो अस्पताल तिर तय हुन्छ- उपचारको नाममा । यसैले त सत्ता भित्र पैसामुखी रमाइलाहरुको स्थिर राज र मुलुक भरी अस्थिर राजनितिको बिगबिगी छ।नागरिकलाई प्रत्यक्ष राज्यसंग जोडियोस।शिक्षा,स्वास्थ्यलाई सरकारीकरण गरियोस।राज्यको ढुकुटीमा लामो हात गर्नेहरुको लागि गोलघरमा स्वागत गरियोस त हाम्रो मुलुकको समृद्दी र विकास खासै टाढा छैन।धन्यवाद ।
७ असोज,२०७४ भोटेचौर-१,सिन्धुपाल्चोक हाल :जोरपाटी काठमाडौं
लक्ष्मण चौलागाईं "विद्रोही"