• झापा, ७ असोज । मादक पदार्थ सेवन गरी महिलामाथि गाली गलौज र दुर्रव्यवहार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय झापाका एक कर्मचारीलाई शुक्रवार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
    जिल्ला शिक्षा कार्यालय झापामा कार्यरत मावि विद्यालय निरीक्षक पदका अन्दाजी ५२ वर्षिय प्रल्हाद भट्टलाई प्रहरीले भद्रपुरस्थित चन्द्रगढी बजारबाट नियन्त्रणमा लिएको हो ।

    मादक पदार्थ सेवन गरेर झापाको चन्द्रगढी वजारमा शुक्रवार राती साढे आठ बजे होहल्ला गरी महिलामाथि दुर्रव्यवहारको प्रयास गरेपछि त्यहाँका महिलाहरुले उनलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुटपिटवाट भागेर कोठामा लुकेर बसेको अवस्थामा सुरक्षाको लागि प्रहरीले नियन्त्रणमा लिएकोे एसपी विष्णुकुमार केसीले जनाए । दुवै पक्षलाई शनिवार राखेर समस्या समाधान गरिने एसपी केसीको भनाई छ । विद्यालय निरीक्षक भट्टलाई आफुले बारम्बार सम्झाउँदा पनि नमानेको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए । कार्यालय समय भन्दा बाहिर रहेकोले उनको व्यत्तिगत जीवनमा केहि गर्न नसकिने हुदाँ गल्ती गरेमा कानुनको भागिदार हुने जिशिअ बरालको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…