• काठमाडौँ, असोज ७ गते । हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको छ । शुक्रबार आफ्नो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले रसुवागढी नाकाबाट सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।





    नेपाल टेलिकमले चाइन टेलिकम ग्लोबलसँग गत वर्षको पुसमा इन्टरनेट ब्यान्डविथ ल्याउन व्यावसायिक सम्झौता गरेको थियो । सम्झौताअघि नै ब्यान्डविथ ल्याउने प्रक्रिया भने अघि बढिसकेको थियो । यद्यपि चीनको तिब्बत क्षेत्रमा हिमपात र पहिरोले अप्टिकल जडानमा समस्या भएपछि प्रक्रियामा अवरोध पुगेको थियो । अहिले चीनको ब्यान्डविथको टेस्टिङ कार्य भइरहेको छ, राजभण्डारीले भन्नुभयो, यहीं महिनाभित्र सञ्चालन गर्ने गरी तयारी पूरा भइसकेको छ । नेपालले अहिलेसम्म इन्टरनेट सेवाका लागि आवश्यक ब्यान्डविथ भारतबाटमात्र खरिद गर्दैआएको छ । चीनसँगको सम्झौताले आपतकालीन परिस्थितिमा इन्टरनेट सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ ।

    शुक्रबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक राजभण्डारीले फोरजी सेवा सञ्चालन, इन्टरनेटमा आधारित ल्यान्डलाइन सेवा सञ्चालनजस्ता महìवपूर्ण उपलब्धि एक वर्षबीचमा भएको जानकारी दिनुभयो । त्यस्तै, उहाँले फोरजी सेवा विस्तारका लागि बोलपत्र आह्वानको तयारी भइरहेको बताउनुभयो । फोरजी सेवा सञ्चालनपछि टेलिकमको डेटा खपतमा ७० प्रतिशत वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो । एक वर्षको अन्तरमा टेलिकमको भ्वाइसतर्फको ग्राहक आधारमा वृद्धि भइ एक करोड ७६ लाख पुगेको बताउनुभयो । डेटातर्फ अघिल्लो वर्षको तुलनामा १०.७६ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म ८४ लाख २५ हजार ग्राहक पुगेको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने सरकारी अभियानअनुसार देशका विभिन्न विकट क्षेत्रमा बीटीएस टावर सञ्चालन गरेर सेवा सुरु गर्ने क्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौताअनुसार प्रदेश एक, दुई र तीन अन्तर्गतको मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउन छिट्टै पुनः बोलपत्र गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसअघि गत फागुनमा आह्वान गरिएको बोलपत्र सारभूत रूपमा प्रभावकारी नदेखिएकोले पुनः बोलपत्रमा जानुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले कम्पनीको व्यवस्थापन सुधार तथा कर्मचारीको वृत्ति विकासका लागि रिक्त पदमा पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिनुभयो ।
    तीन दिनमै ५० हजार डाउनलोड
    नेपाल टेलिकमले गत असोज ३ गतेदेखि सुरु गरेको ‘वाउ टाइम’ नामक एप्स तीन दिनमै ५० हजारभन्दा बढी डाउनलोड भएको जनाएको छ । छोटो समयमै धेरै डाउनलोड हुने नेपाली एप्समध्ये यो पनि प्रमुख रहेको टेलिकमको दाबी छ । यो एप्समार्फत लाइभ टीभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…