रातोकलम संवाददाता
विराटनगर, जेठ ०२ केहि दिनयता नेपाली फेसबुक आईडि धमाधम ह्याक हुन थालेको छ । खुपिया सफ्टवेर ह्याक्कहरुले फेसबुकमा छोडेको भाईरसको कारण आईडि ह्याक हुने क्रम बढेको हो । म्यासेन्जरमार्फत भाईरस सहितको लिंक पठाई ह्याकरले नेपाली प्रयोगकर्ताको आईडि ह्याक गर्ने गरेका छन् । ''लग ईन साईन अप टु भ्यु फेसबुक डट कम'' लेखिएको उक्त लिंकलाई किलिक गरी ईडी लज ईन गर्न गरे खोजे फेसबुक आईडी स्वत: ह्याक हुने पीडित सुनाउछन् । ह्याक भए पश्च्यात आईडी स्वत: ह्याकरको डिभाईसमा लज ईन हुने ईनफोटेकका जानकारहरुको बुझाई रहेको छ । दुई दिनयता नेपालका हजारौ फेसबुक आईडीहरु ह्याक भईसकेको समेत अनुमान गरिएको छ । ह्याक भएको आईडी भने फरगट पासर्वोड विधिवाट रिकभर भने हुने पिडितहरु प्रतिक्रिया दिएका छन् ।