• काठमान्डौ,७ असोज |

    विभिन्न चरण पार गर्दै नेपाल आइडल बन्न सफल एक हुनाहार प्रतिभाका धनि भाग्यमानी एक व्यक्ति हुन् बुद्ध लामा | हिजो कतारमा भएको ग्राण्ड फिनाले घोषणाना उनले जम्मा भोट संख्याको आधा भोट नै पाएका थिए | आइडलमा भोटिङ राउण्ड सुरु भए संगै बलियो समर्थक रहेका पोखराका बुद्धले अन्ततः नेपाल आइडलमा जितको ट्रफी संगै नगत तथा कार समेत प्राप्त गरेका छन् |

    उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्।

    त्यसो त बुद्धलाई जिताउन देश तथा विदेशमा बुद्ध लामा जिताउ अभियान नै संचालन गरिएको थियो | प्याड काटेर देश तथा विदेशबाट रकमहरु उठाईएको थियो |

    “बुद्ध लामा जिताऔ अभियान”लाखौ रकम उठेको थियो |बेलायत निवासी बुद्ध लामा समर्थक धर्म तामाङले समेत आफ्नो फेसबुकमा उक्त कुराको जानकारी गराएका थिए | उहाँले “बुद्ध लामा जिताऔ अभियान” लागी एक लाख चार सय नब्बे रुपैया दिएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् |

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…