•  

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीलाई नमुना नगरपालिका बनाउने दृढ्ता व्यक्त गर्नुभएको छ । जनताले दिएको मतलाई उच्च सम्मान गर्दै कहिल्यै धोका नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    महिलाहरुलाई सीप सिकाई स्वरोजर प्रदान गर्ने उद्देश्यले मोरङको उर्लाबारी–३ मंगलबारेमा सञ्चालित २० दिने झोला बनाउने तालिम समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै मेयर फागोले सो कुरा बताउनुभएको हो । तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यावसायीकरण गर्न सके आयआर्जनमा बृद्धि भई गरिबी न्युनिकरण हुने उल्लेख गर्दै मेयर फागोले यस किसिमको तालिम सञ्चालनका लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
    उर्लाबारीको विकासका लागि काम गर्ने क्रममा विगतमा आफूविरुद्ध अफवाह फैल्याइएको बताउँदै फागोले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो । जिल्ला समन्वय समितिको स्वीकृती लिएर नगरपालिकाले गिट्टी बालुवा च्यानलाइज गर्दा आफूविरुद्ध झूठा प्रचारवाजी गरिएको उहाँले बताउनुभयो । च्यानलाइजका लागि नगरपालिकाद्वारा ४५ लाख रुपैयाँ विनियोजन गरिएपनि त्यो खर्च नगरी च्यानलाइज गरिएको र डेढ किलो मिटर सडक समेत स्तरोन्नती गरिएको उहाँले बताउनुभयो ।
    जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जिल्ला समन्वय समितिले नै स्थानीय सरकारलाई सम्पूर्ण विकासको जिम्मेवारी दिएको बताउनुभयो । उहाँले मिक्लु र सोल्टी खोलामा रहेको गिट्टी–बालुवा खेतियोग्य जमिन भन्दा उच्च हुन गएकोले नगरपालिकालाई च्यानलाइज गर्न स्वीकृती दिइएको स्पष्ट पार्नुभयो । सीपमुलक तालिमले आत्मविश्वास बढ्ने बताउँदै पोखरेलले आफूले सिकेको ज्ञान र सीप कसैले चोर्न नसक्ने बताउनुभयो ।
    उर्लाबारी–३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा लघु उद्यम विकास कार्यक्रमका क्षेत्रीय प्रबन्धक प्रेमराज न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रशिक्षक अशोक राईलगायतले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
    घरेलु तथा साना उद्योग कार्यालय मोरङ र लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यालयको सहयोगमा एक्टीभ नेपालद्वारा सो तालिम आयोजना गरिएको हो । लेडिज ब्याग र तरकारी झोला बनाउने सीप सिकाइएको सो तालिममा १३ जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…