• आर पोखरेल, काठमान्डाँै , जेष्ठ ५
    लमजुङको जिता कोट स्थायी घर भई हाल रोजगारीको शिलशिलामा विदेशी भुमि मलेसीयामा कर्मक्षेत्र बनाएर नेपाली मौलिक सिर्जना भित्र नेपाली पनको आभाष दिने मौलिक गीतका भावहरु समेटेर लोक गीतको संरक्षणमा क्रियाशिल अविनास गुरुङ र शंकर गुरुङको संयुक्त लोककोशेली बजारमा आएको छ । लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेकी गायिका कला मगर र गायक अविनास गुरुङको आवाजमा रहेको ” सागर भन्दा गहिरो ” गीतको भिडियो लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराएका छन । संगीतको बजारमा लोक संगीतको बजार ब्यापक रहेको छ । जिवनका तितो भोगाइलाई गित संगीतका सर्जकहरुले आफनै पिडालाई उनीहरुले आफनो आवाज मार्फत बाहिर ल्याएका छन । विनोद बावु केसीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई जिवन भर नछाडनको लागी आग्रह गरिएको छ । आफनो माया सागर भन्दा गहिरो भएर र आफनी प्रेमीकाको अभावमा आफनो जिवन उजाड हुने कुरा गरिएको छ । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन । ” सागर भन्दा गहिरो ” गीतमा विमल अधिकारी र टिइकल केसीको अभिनय रहेको छ ।
    हेनुहोस भिडियो सहित

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…