•  



    फेसबुकको माध्यमबाट हामी एकअर्कामा धेरै सजिलैसँग जोडिन्छौ । दिनहुँ भए गरेका घटनाहरुलाई सामाजिक सञ्जालमा अपडेट गरिरहन्छौ ।



    तर, के तपाईले कहिल्यै सोच्नु भएको छ कि यही फेसबुक पोस्टले हामीलाई समस्यामा पनि पार्न सक्छ । समस्या पनि कुनै सानोतिनो होइन, सिधैं जेल यात्रा गर्नुपर्ने खाले ।



    फ्रेन्ड रिक्वेस्टले न्यायाधीशलाई जेल



    ६ वर्ष पहिलो बेलायतका एक जना न्यायाधीश जोअना फ्रेलले एक जना आरोपीलाई फेसबुकमा रिक्वेस्ट पठाए । उनलाई कुनै आरोपीलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु निकै भारी सावित भयो । फ्रेललाई यही आरोपमा ८ महिना जेल सजायसमेत सुनाइयो ।



    जैमी स्टीवर्ट नामको अभियुक्तमाथि ड्रग्सको मुद्दा चलिरहेको थियो। बेलायतमा यस्तो पहिलोपटक भएको थियो जब कसैलाई फेसकका कारण जेल जानु परेको थियो ।






    पूर्व श्रीमतीलाई फेसबुक पोस्टमा ट्याग



    अमेरिकाको मारिया गोन्जालेजले जनवरी २०१६ मा आफ्नी पूर्व पत्नी मेरिबेल काल्ड्रेनलाई बेइज्जत गर्दै एउटा फेसबुक पोस्ट लेखे र त्यो पोस्ट मेरिबेललाई पनि ट्याग गरे।



    गोन्जालेजले आफ्नो पोस्टमा आफ्नी पूर्व पत्नीलाई बेवकुफ र उनको परिवारलाई सधैं दुःखी रहने परिवार बताएका थिए । न्युयोर्क पोस्टमा छापिएको खबरअनुसार वेस्टचेस्टर काउन्टीका न्यायाधीशले गोन्जालेजलाई सम्बन्ध विच्छेदको नियम तोडेको आरोपमा दोषी ठहर गर्दै एक वर्ष जेल सजाए सुनाए।



    लाइक पाउन बच्चा झ्यालमा झुन्डाउने



    यही वर्ष जुन महिनामा अल्जेरियामा एक जना व्यक्तिले आफ्नो फेसबुक पोस्टका कारण दुई वर्षको जेल सजाए पाए । उक्त व्यक्तिले एक जना बच्चालाई झ्यालबाहिर झुन्ड्याएर फोटो पोस्ट गरे, जसको क्याप्सनमा लेखेका थिए–मलाई एक हजार लाइक चाहियो नत्र म यो बच्चालाई तल फ्याँकिदिनेछु । फेसबुकमा धेरैले उक्त व्यक्तिविरुद्ध बाल शोषणको आरोपमा मुद्दा दर्ता गर्ने बताए ।




     



    कमेन्टले गरायो राजद्रोह



    यो घटना थाइल्याण्डको हो । मे २०१६ मा ४० वर्षका पटनारी चंकिजमा राजद्रोहको मुद्दा दर्ता भयो । उनले थाइल्याण्डको राजतन्त्रविरुद्ध लेख्ने एक्टिभिस्टका साथ फेसबुकको प्राइभेट म्यासेजमा सहमति व्यक्त गर्ने शब्द ‘जेए’ को प्रयोग गरेका थिए । यो शब्दको अर्थ हुन्छ ‘ओके’ वा ‘एस’ ।



    यही वर्ष जनवरी महिनामा थाई सरकारविरुद्ध फेसबुकमा केही आपत्तिजनक कमेन्ट गर्ने एक जना अर्का व्यक्तिलाई ११ वर्षको जेल सजाय सुनाइयो ।



    बाल ठाकरेका कारण जेल सजाय



    सन् २०१२ मा भारतको शिवसेनाका नेता बाल ठाकरेको मृत्युपछि ‘मुम्बई बन्द’ का बारेमा फेसबुकमा प्रश्न उठाउने पालघर क्षेत्रकी दुई युवतीलाई प्रहरीले समात्यो ।



    तर, मिडियाले हल्ला मच्चाएका कारण घटनामा छानविनको आदेश दिइयो । शाही ढाडा र रिनु श्रीनिवासनलाई धरौटीमा रिहा गरियो ।



    देवताको बेइज्जति



    भारतकै उत्तर प्रदेश प्रहरीले फेसबुकमा हिन्दु देवी देवताका बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ गरे। यो घटना सन् २०१५ को हो ।



    प्रहरीले आफ्नो विभागको फेसबुक पेजमा यो घटनाको जानकारी दिएको थियो र हिन्दू देवी देवताका बारेमा आपत्तिजनक तस्वीर पोस्ट गरेका कारण मुस्तकिन नामक युवकलाई गौतम बुद्ध नगरबाट पक्राउ गरेको थियो ।



    यस्ता सावधानी अपनाउनुस्



    –यदि तपाईका कुनै साथीमाथि अदालतमा कुनै मुद्दा चलिरहेको छ तब फेसबुकको माध्यमबाट उक्त घटनाका बारेमा जानकारी माग्ने काम गर्दै नगर्नुस् ।



    –कुनै घटनासँग सम्बन्धित न्यायाधीशसँग पनि सम्पर्क गर्ने कोशिस वा उक्त घटनासँग सम्बन्धित जानकारी नमाग्नुस्।



    –फेसबुकमा कुनै पनि व्यक्तिलाई आरोपी सावित गर्ने जस्ता कुरा नलेख्नुस, किनभने जबसम्म आरोप सावित हुँदैन तबसम्म सबै निर्दोष हुन्छन् ।



    –कसैको पक्ष वा विपक्षमा बिना कारण केही पनि नलेख्नुस् । एजेन्सी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…