• उर्लाबारी मोरङका निशान भट्टराईले नेपाल आइडलको उपाधि नजिते पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् । उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप उपाधिसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरे ।



    नेपाल आइडलको अडिसनमा दिएको प्रस्तुति नै धेरैले मन पराएका छन् । उनले अडिसनमा चलचित्र माइतीघरको चर्चित ‘हेर धर्ती डगमगाई’मा प्रस्तुति दिएका थिए । अडिसनमै निशानलाई निर्णायकहरुले अहिलेसम्म कहाँ थियौ तिमी भनेर सोधेका थिए ।  ‘नेपाल आइडलका शान, निशान’ भनेर लोकप्रिय भएका निशान भट्टराईले सबै पकारका गीतहरुमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक तथा दर्शकको मन जितेका छन् ।

    https://www.youtube.com/watch?v=amj1VwFMVd0

    पटक–पटक डेन्जर जोनमा परे पनि निशानले आफूलाई नेपाल आइडलको फाइनलसम्म पुर्‍याउन निकै मेहनत गरे । ‘उकाली ओराली गर्दै’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘तुलसी आँगनमा’, ‘टाढा टाढा जानु छ साथी’, ‘आफ्नै गाउँ फर्की आएँ’ जस्ता गीतहरुमा दिएको प्रस्तुति निकै नै मन पराइएको छ ।

    निशान भट्टराईले प्रारम्भिक शिक्षा उर्लाबारीकै भृकुटी मोडल एकेडेमीबाट लिएका थिए । सानैदेखि गीत संगीतमा रुचि देखाउने उनले विद्यालयबाटै संगीत सिकेका थिए । उनले विद्यालयमा विशाल राई र लिला पौडेलबाट संगीत सिकेका थिए ।

    https://www.youtube.com/watch?v=YIy4AlSRXDU

    उर्लाबारीमै रहेको बिहानी कला केन्द्रमा कमला खनाल र यशोदा शाक्यसँग पनि संगीतको प्रशिक्षण लिएका थिए । भृकुटी माध्यमिक विद्यालयबाट उच्चमाध्यमिक तहको शिक्षा पूरा गरेका निशान अहिले काठमाडौंको शंकरदेव क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् ।

    अहिले उनले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका छन् ।  हरेक दिन बिहानै उठेर रियाज गर्ने निशानले संगीत र अध्ययनलाई सँगसँगै लगेका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…