साशक बर्गको धृष्टता , उच्च सम्मानको चाहना,उच्चताको प्रतित, त्रास,घृणा , निर्वाचनमा धाधली, उन्माद, आंशिक परिबर्तनको अपेक्षा ,निम्न जातिद्वारा प्रभुत्व चाहना , स-साना घटना र पारिवारिक कलह, राज्यको कुनै क्षेत्रमा शक्ती प्रदर्शन , असमान परिस्थितिको सृजना, बिरोधि तथा निरंकुशताको चरमता नै क्रान्तिका बिशिस्ट कारण हुन!
शालनारुढ ब्यक्तिहरु धृस्ठ भएर जनताको हितमा आच पुर्याउदै अबैध तरिकाले राजनितिक शक्तिको दुरुपयोग गरि सम्पत्ति आर्जन गर्दा जनता बिद्रोही बन्न बाध्य हुन्छन! शासक बर्गद्वारा कसैलाइ अनुचित तरिकाले सम्मान गर्ने र कुनै सम्मान योग्य ब्यक्तिलाइ बेवास्ता गर्ने प्रकृयाले जनतालाइ क्रान्तीप्रेरित गराउछ! मुट्ठीभर सिमित ब्यक्तहरुले शासन कब्जा गरेपनी साशनमा नपुगेका बहुसंख्यक ब्यक्तिहरु उत्तेजित हुन्छन!जसलाइ उच्च्ताको प्रतीतिबाट हुने क्रान्ती भनिन्छ!
कुनै ब्यक्ती आफुले गरेका अपराध बाट दन्डित हुन्छु भन्ने त्रासले ग्रस्त भइ त्यसबाट मुक्ती पाउन बिद्रोही बन्छ भने कुनै ब्यक्ति दन्डित गरिदैछ भन्ने स्वयं कल्पित दन्डको सम्भावित प्रतिकारको लागि बिद्रोही बन्दछ! जसलाइ त्रासबाट उत्पन्न क्रान्ती भनिन्छ! शासनाधिकार थोरै ब्यक्तिको हातमा रह्यो बहअनए बहुसंख्यक सत्ता तिरस्कृतब्यक्तिहरु अपमानित भएको कारण बाट युद्दरत हुन्छन! आलस्य र गफाडी तथा लापरबाही मा सन्लग्न ब्यक्तिलाइ शासनमा आशिन गराएमा त्यस्ता ब्यक्तिबाट हुने अन्याय र अत्याचार बाट मुक्ति पाउन गरिने प्रतिकारलाई प्रमादजन्री क्रान्ती भनिन्छ!
(तराइमा एमालेले भोगेको हबिगत सम्झिदा हुन्छ!) स-साना पारिवारिक बिबादबाट पनि यदाकदा शासनब्यबस्थामा हुन सक्दछ! र त्यसैले ठूलो लोभ पैदा गराउछ(ज्ञानेन्द्रले भोगेको हविगत सम्झदाहुन्छ!) राज्यमा धनी र गरिब पृथक बर्ग हुन्छन नै, जब त्यस्ता बर्गको बिच सन्तुलन बिग्रन्छ, एउटा बर्ग अर्कोको अस्तित्व समाप्त पार्न खोज्छ , प्रयासरत हुन्छ, त्यस्तो अवस्थाबाट अदभूत क्रान्तिलाइ बिरोधि बर्गजन्य क्रान्ती भनिन्छ!
निरज भट्ट(अथक सामाजिक) भिनपा १६ कंचनपुर नेपाल पढाइ :- बि एस्सि चौथो बर्ष सिद्धनाथ बिज्ञान क्याम्पस महेन्द्रनगर , कंचनपुर