• राइनिश जाइटुङमा कार्क्सको कार्यकालमा बर्लिन ,जर्मनीमा एड्गार बावर र कास्पर समितिको नेतृत्वमा युवा हेगेलपंथीहरुको एउटा जमात देखापर्यो, जो आफुलाई स्वतन्त्र भन्दथे-"you know that THE FREE" . ? उक्त जमात स्थितिको जथाभावी व्याख्या गर्ने,कम्युनिज्म बारे ठुलठुला कुरा गर्ने,सबै प्रगतिशिल राष्ट्रवादको विरोध गर्नेहरुको वंशाणुगत गुण जस्तो नेपालको एउटा फेक राष्ट्रवाद छ नि हो त्यस्तै आफुलाई बडो राष्ट्रवादी ठान्ने,सम्पूर्ण निरङकुसताको साङ्लो आफै चुडालेर जनता र देशलाई मुक्ती दिने मुक्तिदाता भएको जस्तो घोषणा गर्दै हिड्ने जमात जसलाई कार्ल मार्क्सले स्वतन्त्रताका वीरहरु भनेर संज्ञा दिनुहुन्थ्यो अरे।स्वतन्त्रताका बेकम्मा हुल जो माओवादी एकता बारे फेसबुक अभियान पेजमा जानुभयो भने त्यस्ता हुलहरुले प्रगतिशिल राष्ट्रवादको अफबाह,विरोध र नौटङ्की मच्चाउदै नक्कली राष्ट्रवादको भाषा बोलेको बाट झन्झन् स्पष्ट हुन पाउनुहुनेछ । अस्पष्ट तर्कना ,तडकभडक युक्त वाक्यांशहरुको प्रयोग ,आत्म पूजा र आत्मसन्तुष्टको शक्ति प्रदर्शन नै स्वतन्त्रका वीरहरु पहिचान गर्ने माध्यम रहेछन।जबजब मार्क्सवाद तिर अध्ययन गर्न लागिन्छ तबतब सबै तश्विरहरु एउटा फिल्म जस्तै मस्तिष्कभरी भरिदो रहेछ।हाम्रै समाज,वस्ती र राष्ट्रभित्र देखिएका तस्वीरहरु शोषण ,उत्पिडन र त्यसको मुक्तिको लागी झलझल्ती दृष्य नै देखाइदिदो रहेछ मार्कसवादले।अपन त्वको लागि मरिहत्ते गरेर लाग्नेहरुको पहिचान गराइदिन्छ यो मार्क्सवादी विज्ञानले। हिजो र आजमा बदलिएका तस्वीरहरुले धेरै कुराहरु उजागर गर्दो रहेछ।हामी हिजोको दस वर्षहरु जसरी बितायौ त्यो समय मुलुकको लागि ३ सय वर्ष जस्तो अनुभूति हुन्छ हामिलाई ।तर नमस्कारेहरुले दाम भेटिको संविधान गुहारिरहेका पनि छ्न।जसलाई धर्म र सस्कारसग जोडेर नराम्रोसग यो मुलुकका नवअवसरवादी समुहहरु खटेर लागेका छन। हरेक तरिका बाट जसो जसो बाहुन बाजे उसो उसो स्वाहाहरुको हुल कस्सिएर लाग्यो तर भर्खरैको दोश्रो तहको ऐतिहासिक निर्वाचनमा केन्द्रको गोल भएको छ।जहाँ तराई आफै बोलिरहेको छ र जबाफ दिइरहेको छ प्रगतिशिल राष्ट्रवादी माओवादी केन्द्र तिमी नै हौ र ईतिहास पनि हौ भनेर - लाजिम्पाटलाई प्राण भरेको छ तराइले।लाजिम्पाटमा बस्ने मान्छे कमरेड प्रचण्डलाई मैले पुष्प कमल दाहाल र माओवादी अध्यक्ष भनेर चिन्दिन ,मैले त उहालाई एउटा युग सम्झिन्छु।नेपाल को इतिहास पुरै पढ्ने हो भने सबैको मत आत्मै देखि क.प्रचण्डलाई जान्छ "ऐतिहासिक व्यक्तित्व भनेर। अहिले मुलुकमा हावी भएको अर्को बुर्जुवा झुन्ड जो स्वतन्त्रताका महान वीर र योद्धाहरु जन्मेका छन- शान्तिवार्ता पछि ! उनिहरुलाई पार्टी केन्द्रले स्कूलिङ दिनुपर्यो।यस्तो होस कि माओवादी केन्द्रको स्कूलिङ आदरणीय अध्यक्ष ज्यु,माओवादीको नाम उच्चारण गर्दा त्यो कार्यकर्ता मार्क्सवादी विश्वविद्यालयबाट पिएचडी गरेको डाक्टर जस्तो होस।त्यस्तो मान्छेहरु अटोमेटिक क्रान्तिकारी हुनेछ।उसले आफ्नो श्रीमतीलाई पनि क्रान्तिको भाषा सिकाउने छ,आफ्नो छोरालाई पनि क्रान्तिका पक्षमा लाग्न अभिप्रेरित गर्नेछ,परिवर्तन र सोचमा आमूल परिवर्तन ल्याइदिनेछ।पार् टीमा साधारण सदस्य पाउने मान्छे स्पष्ट होस,उसलाई विशेष प्रशिक्षण केन्द्रका आदरणीय नेता कमरेडहरुले दिने मासिक रुपमा परीक्षा लिने कति अध्याय पढ्यो साम्यवाद अनि मार्क् परिणाम अनुसार पद र जिम्मेवारी दिने अनि माओवादी न त फुट्टिन्छ न त चुक्किन्छ त्यहाबाट बरु जोडिन्छ र सत्तिसाल भै स्थापित हुनेछ । अभाव र चेतना अनि अनुशासनको लगाम खुकुलो हुँदै गयो भने युद्धकालमा कमरेड शब्द देखि थर्थर पुषको जाडोमा नाङ्गै भएर कामेको जस्तो मान्छे जब स्वतन्त्रता पछि आफू नै कम्पनी मालिक,क्रान्तिक ो ठेकेदार सम्झेर चुडिने उध्घोसहरुको सम्पादन हुनेछ। हाम्रो चेतनामा जबसम्म खिया भरिइरहन्छ अनि त्यो चुहिने हुन्छ अनि कोहि पार्टी फुटाउदै हिड्नु स्वभाविक हो जस्तो लाग्छ । अनि कमजोर धरातलहरु आफै उत्पन्न हुन थाल्नेछन।झुकाव विरुद्दका कानुनहरु,कुनै बस्तुगत मापदण्ड बिनाका कानुनहरु सस्थागत पो हुनेछन कमरेड अनि भोलि पनि गुन्डा र आतङ्कका कानुनहरु झन बलियो हुँदै जान्छ।त्यस्ता कानुनहरु खारेज गरेमा नेपालमा कुनै अर्को बागमती बेच्ने दलाल ,पशुपतीनाथ धितो राखेर आफू खाने र मोटाउने साहस भरिएका दलाल र सिमा सम्झौता डिपोजिट गर्दै नेपाल महङ्गो र जनता गरिब बनाइदिने उपभोक्ताबादी दलालहरु जन्मने छैनन,महाकालीका दलालहरु माफी माग्न आउन थाल्नेछन,टनकपुरका दलालहरु सिंहदरबार प्रवेश गर्ने मुटु बनाउन सक्ने छैनन। देश समृद्द,पार्टी बलियो र जनता विश्वस्त हुन थाल्नेछन।अनि समृद्दी ,समाजवाद या अर्कै नया भिन्न क्रान्तिको लागि राजमार्गहरु आफै खुल्ला हुन थाल्नेछन।

    भोटेचौर-१;सिन्धुपाल्चोक हाल: काठमाडौं -८ असोज,२०७४

    लक्ष्मण चौलागाईं" विद्रोही"

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …