उर्लावारी, १६ जेठ । सरकारले उर्लावारी नगरपालिकालाई वित्तिय समानीकरणमा १४ करोड ८५ लाख र सशर्त अनुदानमा १८ करोड ३० लाख गरी कूल ३३ करोड १५ लाख बजेट विनियोजन गरेको छ ।
स्थानीय तहको शिक्षा‚ स्वास्थ्य‚ खानेपानीजस्ता मानव विकास सूचकांक‚ पूर्वाधार‚ खर्चको आवश्यकता‚ राजस्व क्षमता तथा ती तहहरूमा रहेका आर्थिक‚ सामाजिक तथा अन्य विभेद समेतका आधारमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराइएको हो । प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी आफ्नो क्षेत्रमा सञ्चालन गर्ने आयोजनाहरूका लागि समपूरक अनुदान उपलब्ध गराउन र प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन सरकारले २० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।