बधाई छ तिमीलाइ,तिमिले हारेको छैनौ निशान।करोडौ नेपालीहरुको मन जित्न सक्नु हार होइन,ठुलो जित हो।नेपाल आइडलको उपाधी चुम्न नसक्नु यात्रा को अन्त्य होइन बरु तिम्रो साङ्गितिक यात्रा त अब सुरु भएको छ। तिमिले अब नेपाली सङ्गितको खुल्ला मैदानमा सङ्गर्ष र स्वच्छ प्रतिस्पर्धा गरेर आफुलाइ अब्बल प्रमाणित गर्नु छ र मलाइ तिमिमाथी पुर्ण विश्वास छ तिमि अवश्य पनि अबको पुस्ताको साङ्गितिक हस्ती बन्नेछौ। मेरो आशिर्वाद सदैव तिमिमा छ। शुभकामना आउदो सुनौलो भविष्यको। साथै बुद्ध भाइलाइ पनि नेपाल आइडलको उपाधी हात पार्न सफल भएकोमा हार्दिक बधाई छ।